बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • एनआरएन युके सह-कोषाध्यक्षमा शशांक शर्मा उम्मेदवारी, भन्छन एनआरएनमा मेरो खाँचो छ
समाचार

एनआरएन युके सह-कोषाध्यक्षमा शशांक शर्मा उम्मेदवारी, भन्छन एनआरएनमा मेरो खाँचो छ

जुनेली न्यूज ,काठमाण्डौ | गैर-आवासीय नेपाली संघ युकेको सह – कोषाध्यक्षमा शशांक शर्माले उम्मेदवारी दर्ता गरेका छन् | पारदर्शिताको माध्यमबाट सस्थाको साख फर्काउन सक्ने क्षमता आफुमा रहेको शर्माले बताएका छन् |

एनआरएन युकेको आर्थिक अनियमितता र हिनामिनाको कारण साख खस्किदै गएको बन्दै आफु निर्वाचित भएमा एनआरएनको विश्वसनीयतामा वृद्धि गर्ने शर्माको दाबी छ |

शर्माले भने-‘सस्थालाई पारदर्शी रुपमा अगाडी बढाउने र गुमेको साख फिर्ता गर्ने नै मेरो प्रमुख लक्ष्य हो |’ सस्थामा बसेर योगदान दिने हो | शर्माले भने समाजसेवा गर्दा जुन आनन्द आउछ अरु कामबाट तेस्तो आनन्द लिन सकिदैन |’

बिद्यार्थीकाल देखि नै समाजसेवामा सक्रिय रुपमा लागेका शर्माले समाजसेवालाई निरन्तरता दिन नै एनआरएनए एनसिसिको सह -कोषध्यक्षमा उम्मेदुवारी दिएको शर्माले बताएका छन् |

फेसबुक प्रतिक्रियाहरु