बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • एनआरएनए यूकेको उपाध्यक्षमा दोस्रो कार्यकालका लागि उम्मेदवारी, नारायण कंडेल
Breaking News

एनआरएनए यूकेको उपाध्यक्षमा दोस्रो कार्यकालका लागि उम्मेदवारी, नारायण कंडेल

जुनेली न्यूज , काठमाण्डौ | एनआरएनए यूकेको आसन्न निर्वाचनमा आयरल्याण्डलाई प्रतिनिधित्व गर्ने उपाध्यक्ष पदमा नारायण कँडेललाई समर्थन गर्ने भएको छ ।
एनसीसी यूकेको बहालवाला उपाध्यक्ष रहेका कँडेलले आगामी कार्यकाल २०२१–२०२३ का लागि पनि नर्दन आयरल्याण्डलाई प्रतिनिधित्व गर्ने गरी उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
समाजका अध्यक्ष बलबहादुर थापाले आयरल्याण्डमा एनआरएनए स्थापना गर्नेदेखि आयरल्याण्डलाई सिंगो बेलायतसँग जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने कँडेललाई संस्थागत रुपमा नै समर्थन रहेको बताएका छन् |
नर्दन आयरल्याण्डमा एनआरएनए राज्य समन्वय परिषद् स्थापनासँगै एनसीसी यूकेको संस्थागत सुदृढीकरण तथा पारदर्शिताका लागि अभियान नै चलाएका कँडेलाइ बेलायतभर नै लोकप्रिय मान्छन |
समाजजका अध्यक्ष थापाले भने, सर्वसम्मत नभएपनि निर्वाचनबाट उहाँलाई विजयी गराउने छौं ।
निर्वाचन अहि ३१ जुलाई मा हुनेछ। नर्दन आयरल्याण्डलाई प्रतिनिधित्व गर्ने उपाध्यक्षमा कँडेलसँगै नारायण कुँवरले पनि उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा कँडेल र कुँवरबीच चुनावी प्रतिस्पर्धा हुन लागेको हो ।
नेपाल र बेलायती कानुनका जानकारसमेत मानिने कँडेल बौद्धिक व्यक्तिका रुपमासमेत परिचित छन् | लामो समयदेखि नर्दन आयरल्याण्ड बस्दै आएका कँडेल सो क्षेत्रका स्थापित व्यवसायीसमेत हुन् ।
नारायण कँडेलले उपाध्यक्षका रुपमा एक कार्यकाल पार गरिसकेको र त्यसक्रममा महत्वपूर्ण अनुभव सँगालेका कारण आगामी कार्यकालमा उनको अनुभव सिंगो नेपाली समुदायको हितका लागि फलदायी हुने समाजको विश्वास छ ।

एनआरएन यूकेमा भएको आर्थिक अनियमिततामा संलग्नलाई कारबाही हुनुपर्ने माग राख्ने मध्येमा कँडेल अग्रस्थानमा आउँछन् । एनसीसीमा गरेको पहल सफल नभएपछि कँडेलसहितका पदाधिकारीहरुले अनियमितता गर्नेलाई कारबाही गर्नुपर्ने मागसहित अदालतमा मुद्दा दायर गरेका हुन् । उक्त मुद्दा बेलायतीय अदालतमा विचाराधीन अवस्थामा छ ।

 

फेसबुक प्रतिक्रियाहरु