बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • तिर्थ बहादुर मल्ल(अनिल ) एनआरएनए यूकेको युवा संयोजकमा उम्मेदवार
Breaking News

तिर्थ बहादुर मल्ल(अनिल ) एनआरएनए यूकेको युवा संयोजकमा उम्मेदवार

जुनेली न्यूज, काठमान्डौ | गैर आवासीय नेपाली संघ युकेको युवा संयोजक पदमा युवा व्याव्सायी तिर्थ बहादुर मल्ल (अनिल ) ले उम्मेदवारी दर्ता गर्नु भएको छ युवाहरुको सशक्त मुद्दाहरुलाई उठाउदै मल्लले उम्मेदवारी दर्ता गर्नु भएको हो | साथै मल्लेले आफ्नो प्रमुख मुद्दा नै धेरै युवाहरुलाइ एनआरएनएमा आबद्ध गराउने रहेको बताउनु भयो |

उहाले भन्नु भयो ‘ एन आर एन जस्तो गैर आवासीय नेपालीहरुको छाता सस्थामा पनि युवाहरुको सहभागिता अहिलेसम्म नगन्यजस्तै छ सस्थाप्रति युवालाई आकर्षित गर्नु नै मेरो प्रमुख प्राथमिकता रहने छ |’ साथै एन आर एन मा युवा सहभागिता कम भएकाले आफुले युवा सहभागिता बढाउन पहल गर्ने उहाले बताउनु भयो |

एनआरएनए  मात्र नभई रहेक क्षेत्रमा सक्रिय रहँदै आएको मल्लले महत्वपूर्ण भिजन र कार्ययोजना पनि अगाडि सार्नु भएको छ । उहाँले कोभिड महामारीमा नेपालको हेटौडा, काठमाडौ लगायतका स्थानहरूमा रोजगारी गुमाएका श्रमिक परिवार र सर्वसाधारणलाई खाद्यान्न, लत्ताकपडा तथा स्वास्थ्य सामग्री उपलब्ध गराउँदै महत्वपूर्ण योगदान गर्दै आउनु भएको छ | उहाँले सहयोगको लागि सबैसँग आग्रह गर्नु भएको छ ।

फेसबुक प्रतिक्रियाहरु