बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • युकेको गैर-आवासीय नेपाली संघको अध्यक्षमा प्रेम गाहा मगरको चर्चा बढ्दै
Breaking News

युकेको गैर-आवासीय नेपाली संघको अध्यक्षमा प्रेम गाहा मगरको चर्चा बढ्दै

जुनेली न्यूज , काठमान्डौ | युकेको गैर- आवासीय नेपाली संघको अध्यक्षमा प्रेम गाहा मगरले उमेद्द्वारी दर्ता गराएका छन् | उपाध्यक्ष पदमा  रहेका मगरले २०२१-२०२३ कार्यकालका लागि उमेद्वारी दिएका हुन् | गत साता आयोजना भएको एक कार्यक्रम मा उनले अध्यक्ष पदमा आफ्नो दाबी रहेको बताएका हुन् |

यही ३१ जुलाईमा हुने निर्वाचनका लागि निर्वाचन समितिले सोमबार (१९ जुलाई) बिहान एक बजेदेखि साँझ ८ बजेसम्मका लागि उम्मेदवारी दर्ता गर्ने समय तोकेको थियो । निर्वाचन समितिले मतदान पनि अनलाइन प्रविधिबाट नै हुने स्पष्ट पारिसकेको छ । मगरले आवश्यक सबै प्रक्रिया पुरा गरि अनलाइन बाट उम्मेदवारी दर्ता गरेका छन् |

मगरले संस्थाको आर्थिक पारदर्शिताका लागि संघर्षरत गाहा मगरले बेलायतमा रहेका आम नेपालीहरुलाई ‘समस्या पर्दा एनआरएन छ’ भन्ने बनाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । भूतपूर्व गोर्खा सैनिक समेत रहेका गाहा मगरले उपाध्यक्ष तथा गोर्खा विभाग प्रमुख हुँदा गोर्खा सैनिकहरुको समस्या समाधानका लागि थालेको पहललाई अध्यक्ष भएलगत्तै निष्कर्षमा पुर्याउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्

एनआरएन स्थापना देखिने दुइ कार्यकाल उपाध्यक्ष जिम्मेवारी समालेका मगरले अब अध्यक्ष पदको लागि उम्मेदवारी दिएका चां | दुइ कार्यकाल उमध्यक्ष रहदा कामको आधारमा लोकप्रिय रहेका मगर सात बुदें प्रतिबद्धतापत्र सहित आगामी कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् |

मगरले भने ‘ एनआरएन साँचो अर्थमा सबैको साझा सस्था हो भन्ने स्थापित गर्न मैले नेतृत्वका लागि दाबी गरेको हु ‘| विगतमा गरेको कामको मुल्याकन र आगामी कार्यकालमा गर्ने कामको आदारमा बेलाएती नेपाली समुदायले साथ दिने मा आफु दुक्का रहेको उनले बताए |

गाहा मगरले विगतमा जस्तै मन, मत र अभिमतसहित साथ, सहयोग र समर्थनका लागि सम्पूर्ण पन्जीकृत सदस्यहरु, एनआरएनएका अभियन्ताहरु, अग्रजहरु, नेपाली समाजसम्बद्ध संघसंस्थाहरु लगायत समग्र बेलायतवासी नेपालि बासिहरुलाई सहयोगको अपिल गरेका छन् |

फेसबुक प्रतिक्रियाहरु