शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काँग्रेस नेता दिपक रिसालको पहलमा बिहानी एकल महिला समुहद्वारा राहात वितरण
गोकर्नेश्वोर बिशेष

काँग्रेस नेता दिपक रिसालको पहलमा बिहानी एकल महिला समुहद्वारा राहात वितरण

जेठ १०, काठमाडौँ |

गोकर्णेश्वर नगरपालिकाको प्रमुख सल्लाहकार दिपक रिसालको पहलमा राहात उपलब्ध गराई बिहानी एकल महिला समूहद्वारा वितरण भएको छ। ४५ जना एकल महिलालाई राहात प्रदान गरिएको हो ।

राहात संकलन र वितरण गर्ने कार्यक्रममा सहयोग गरी पीडित र एकल महिलालाई सहयोग गरिदिनु भएकोमा नगरपालिकाका मेयर सन्तोष चालिसे र प्रमुख सल्लाहाकार दिपक रिसाललाई बिहानी एकल महिला समुहकी अध्यक्ष झुमा लामाले धन्यवाद दिनुभएको थियो।

No description available.

राहतमा १ बोरा चामल, दाल, नुन, तेल रहेको थियो |

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख सल्लाहकार दिपक रिसाल, समाजसेवी लाल बहादुर लामा, नेपाल दलित बिधार्थी संघका केन्द्रीय अध्यक्ष राजु सुनार, समाजसेवी धर्म थिङ लामा, शम्भु प्रसाद अधिकारी, दिपक लामा ,कुमार लामा लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

No description available.

 

फेसबुक प्रतिक्रियाहरु