बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • गोकर्णेश्वर नगरपालिका मेयर सहितको टिम गएर मेलम्ची बाढी पिडितलाइ ५ लाख सहयोग प्रदान
गोकर्नेश्वोर बिशेष

गोकर्णेश्वर नगरपालिका मेयर सहितको टिम गएर मेलम्ची बाढी पिडितलाइ ५ लाख सहयोग प्रदान

जुनेली न्युज, काठमाडौं ।

सिन्धपाल्चोक मेलम्चीको बाढी पिडिलाई गोकर्णेश्वर नगरपालिकाले ५ लाख सहयोग गरेको छ ।

जेठ ७ गते नगरपालिकाका मेयर सन्तोष चालिसे, नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत राम प्रसाद आचार्य सहितको टीम गएर हेलम्बु गाउँपालिका को नाममा ५ लाखको चेक हस्तान्तरण गरेका हुन्।

नेपालीहरुलाई दुःख कष्ट परेको बेला गोकर्णेश्वर नगरपालिकाले यथासक्य सहयोग गर्ने मेयर सन्तोष चालिसेले बताउनु भयो।

सिन्धपाल्चोक मेलम्चीमा बाढी गएर करोडौंको क्षति भएको थियो।

फेसबुक प्रतिक्रियाहरु