शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • हेलपिङ सेन्टरले गोकर्णेश्वर आइसुलेशन सेन्टरलाई अक्सिजन र राहात सामग्री वितरण
गोकर्नेश्वोर बिशेष

हेलपिङ सेन्टरले गोकर्णेश्वर आइसुलेशन सेन्टरलाई अक्सिजन र राहात सामग्री वितरण

जुनेली न्युज, काठमाडौं।

माइटी गरुडा च्यारिटेबल ट्रष्ट द्वारा संचालित हेल्पिङ सेन्टर मार्फत गोकर्णेश्वोर नगरपालिका वडा न. ०४ अवस्थित गोकर्ण आइसोलेसन केन्द्रलाई २ वटा अक्सिजन कनसर्नट्रेशन प्रदान गरेको छ । साथै १७ जना कोभिड बिरामिहरुलाइ पौष्टिक आहार, फलफुल, हर्लिक्स, मास्क, सेनिटाइजर लगयतका स्वास्थ्य समाग्री हस्तान्तरण समेत प्रदान गरेको हो ।

सो सामग्री माईटी गरुडा च्यारिटेबल ट्रष्टका अध्यक्षद्वारा गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे हातमा हस्तानतरण गरेका हुन् ।

 

कार्यक्रम गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहाकार दिपक रिसाल , विश्व हिन्दू महासंघ काठमाडौं जिल्ला अध्यक्ष रेखा अर्याल, च्यारिटेबल ट्रष्टका सदस्य मदन प्याकुरेल र सन्ध्या घतानेको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु