बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • मन्थलीमा: वातावरण संरक्षक भनिने माधव ढकालले नै सार्वजनिक सिंचाई कुलो मिचे, पत्रकारलाई भने किन समाचार लेख्ने ?
रामेछाप बिशेष

मन्थलीमा: वातावरण संरक्षक भनिने माधव ढकालले नै सार्वजनिक सिंचाई कुलो मिचे, पत्रकारलाई भने किन समाचार लेख्ने ?

०२ असार, रामेछाप । आफूलाई अव्वल वातावरणविद भन्ने माधव ढकालले मन्थलीमा सार्वजनिक नापीको कुलो मिचेर संरचना निर्माण गरेका छन् । सा“घुटार स्थायी घर भएका ढकाल सिडिएस अन्तरगतको वातावरण परियोजनामा कार्यरत छन् ।

ढकालले हालै खरिद गरेको घर नजिक संरचना निर्माण गर्दा २०३२ सालको नापी नक्शामा कायम रहेको सिचाई कुलो मिचेका हुन् । किसानले उक्त कुलोबाट पानी ल्याएर खेति गर्दै आएका थिए । एक त, वातावरणविद त्यस माथि परम्परागत सिंचाई कुलो मासेर निजी संचरना निर्माण गर्ने ढकालको उक्त कार्य प्रति स्थानीयले रोष प्रकट गरेका छन् । स्थानीयको आग्रहलाई ढकालले लत्याउदै आएका छन् । स्थानीय किसान पशुपति न्यौपानेका अनुसार नापी नक्शामा भएको कुलो नमिच्न आग्रह गर्दा अटेर गरी ढकालले रातारात ढलान गरेर पक्की संरचना बनाएका छन् । उक्त संरचना निर्माणका कारण अव किसानले संचालन गर्दै आएको कुलो रोकिएको छ ।
ढकालको उक्त कार्यको विरुद्धमा न्यौपाने लगाएतका किसानले मन्थली नगरपालिका गुहारेका छन् ।

मन्थली नगरपालिकाको न्यायिक समितिको टोलीले गरेको अनुगन्
मन्थली नगरपालिकाको न्यायिक समितिको टोलीले गरेको अनुगन्

नगरपालिकाले उक्त विषय न्यायीक समितिमा छलफलका लागि पठाएको जनाएको छ । न्यायीक समितिले एक पटक दुवै पक्षलाई बोलाएर छलफल गर्दा समेत ढकालले संरचना निर्माण गर्न आनाकानी गरीरहेका छन् ।

 

ढकाललाई घर विक्री गर्ने भुपाल खत्रीले नापी कुलो आफ्नो जग्गाको छेउबाट कायम रहेकोले केहि मिटर छोडेर घर बनाएका थिए । अहिले त्यहि छोडेको ठाउ“ ढकालले मिचेका हुन ।

२०३२ सालमा भएको नापीमा उक्त स्थानमा सिंचाई कुलोका लागि संकेत राखिएको छ । नापी नक्शामै नभएपनि सार्वजनिक प्रयोगका लागि उपयोग हुदै आएको सिंचाई कुलो, बाटो र सार्वजनिक पर्ति जमिन मास्न र उपयोग गर्न नपाउने कानुनी व्यवस्था छ ।
नापी नक्शामा कुलो कायम भएकाले ढकालले संरचना निर्माण नभत्काएमा उक्त कार्यका विरुद्ध अदालत सम्म जाने न्यौपानेले वताएका छन् । यसै पनि पटक पटक उक्त क्षेत्रमा सिंचाई कुलो अवरुद्ध भएको विषय उठने गरेको थियो ।

मिचियको सार्वजनिक कुलोको नापी नक्सा
मिचियको सार्वजनिक कुलोको नापी नक्सा

बुधबार मन्थली नगरपालिकाको न्यायिक समितिकी प्रमुख माया कुमारी कार्कीसहितको टोलीले मिचिएको कुलोको स्थल्गत् निरिक्षण गरेको छ । निरिक्षण पश्चात् कुलो मिचिएको पुष्टि भएक समितिले ठहर गरेको छ । समितिले कुलो मिचिएको पुष्टि भएको भन्दै त्यसलाई सच्याउन बिहिबार सम्मको समय दिएको छ ।

 

स्थलगत निरीक्षण समितिले भन्यो- ‘भोलीसम्म कुलो मिचियर बनाएको वाल भत्काउनू, तपाईहरु मिल्नू, नगरमा दुवै पक्ष भोली आएर सहमति पत्रमा हस्ताक्षर गर्नु ।’ तर, कुलो मिचेका ढकालले भने जुनेली न्युजसंगको कुराकानीमा कुलो आफूले मात्रै नभै मन्थली देवकोटा चोकतलतिरका अधिकांश घर निर्माण गर्दा मिचिको दाबी गर्दै मिचिएको कुलो सच्याउने वा नसच्याउने स्पष्ट प्रतिक्रिया दिएनन् ।

 

बरु, कुलो विवादको नगरपालिको निर्णय नआई किन समाचार लेख्न लागेको भनेर पत्रकारलाईनै समाचार नलेख्न धम्किदिए । उनले भने- कुलो मैले मात्रै मिचेको हैन मन्थलीको देवाकोटा चोक मुनीका अधिकाशं घर कुलो माथि नै बनेका छन्, सबैले कुलो मिचेर बनाएका छन् । यदी मैले सच्याउनू पर्छ भने सबैले सच्याउन, नगरले गर्ने ब्यवहार बसैलाई समान होस् भन्द आफ्नो बचाउ गरे ।’

पत्रकारले देवाकोटा चोक मुनीका कुन-कुन घरले कुलो मिचेका छन् भन्दा त्यसको जवाफ नापी कार्यालयले दिन्छ भन्दै कुरा नगरि फोनै काटे ।

सार्वजनिक कुलो माथि बनाईएको माधव ढकालको घरको 'वाल'
सार्वजनिक कुलो माथि बनाईएको माधव ढकालको घरको ‘वाल’

फेसबुक प्रतिक्रियाहरु