शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • जोरपाटीको हेल्पिङ सेन्टरद्वारा गरिब तथा बिपन्न वर्गलाई राहात सामग्री हस्तान्तरण
गोकर्नेश्वोर बिशेष

जोरपाटीको हेल्पिङ सेन्टरद्वारा गरिब तथा बिपन्न वर्गलाई राहात सामग्री हस्तान्तरण

जुनेली न्युज, काठमाडौँ |

गोकर्नेश्वोर नगरपालिकामा अबस्थित माइटी गरुडा च्यारिटेवल ट्रष्टले संचालन गरेको हेल्पिंग सेन्टरद्वारा  निषेधाज्ञाका कारण समस्यामा परेका व्यक्तिहरुलाई खाद्यान्न सहयोग गरेको छ ।
आइतबार काठमाडौंको गोकर्णेश्वर ५ जोरपाटीमा ट्रष्टले निषेधाज्ञाका कारण समस्यामा परेका व्यक्तिहरुलाइ १ बोरा  चामल, दाल नून सेनिटाइजर, मास्क  लगाएतका खाद्यान्न सामाग्री सहयोग गरेको हो ।

त्यस्तै संस्थाले नगरपालीकाको जगडोलमा सञ्चालन गरेको आइशोलेशन सेन्टरका लागि दुई थान अक्सिजन कन्सन्ट्रेटर लगाएतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो । कार्यक्रममा गोकर्णेश्वर नगरपालीकाका मेयर सन्तोष चालिसेले समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गर्नु स्वागतयोग्य कदम रहेको भन्दै यसमा नगरको साथ र सहयोग रहेको धारणा राख्नुभयो ।
त्यस्तै माइटी गरुडा च्यारिटेवल ट्रष्टका संयोजक एवं दलित बिद्यार्थी संघका अध्यक्ष राजु सुनारले निषेधाज्ञाले सर्वसाधारणलाई निकै असर परेको भन्दै समस्या समाधानका लागि सहयोग गरेको बताउनुभयो ।

कार्यक्रममा  प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे ज्यू, अभियानको प्रमुख सल्लाहाकार तथा गोकर्णेश्वर नगरपालिका प्रमुख सल्लाहाकार युवा नेता दिपक रिसाल ज्यू, अभियानका विशेष सल्लाहकार तथा गोकर्णेश्वर ५ का वडा अध्यक्ष नारायण सुवेदी ज्यू, अभियानकै सल्लाहाकार तथा विश्व हिन्दू महासंघ काठमाडौं जिल्ला अध्यक्ष रेखा अर्याल ज्यू, कर्मा काग्यु संघका अध्यक्ष टेनी लामा ज्यू सहितको उपस्थितिमा राहात सामाग्री हसतान्तरण गरिएको हो । उक्त राहात वितरणमा संयोजकको भूमिका नेपाल दलित विद्यार्थी संघका केन्द्रीय अध्यक्ष युवा नेता राजु सुनार्ले गर्नु भएको हो ।
सो Helping Center ले  समाज सेवा नै राष्ट्र सेवा हो भन्ने मुल नाराकासाथ कोरोनाको महामारिले निम्त्याएको यो विषम परिस्थितिलाई मध्यनजर गरि लक्डाउन अवधीभर आईपर्ने हरेक समस्यालाई सहजिकरण गर्ने हेतुले नेपाल दलित विद्यार्थी संघ केन्द्रीय कार्यसमितिको आयोजना र माइटी गरुडा च्यारिटेबल ट्रष्टको संयोजनमा “सहयोग केन्द्र”[Helping Center] स्थापना गरि विभिन्न कोणबाट सामाजिक कार्य संचालन भइरहेको सहर्ष जानकारी गराएको थियो |
Helping Center का सल्लाहाकारहरु :
१)प्रमुख सल्लाहकार :- मा.मीन विश्वकर्मा ज्यू (पूर्व वाणिज्य मन्त्री, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एबम् नेपाल दलित संघका केन्द्रीय अध्यक्ष)
२) विशेष सल्लाहकार :- दिपक रिसाल ज्यू (नेपाली काङ्ग्रेस, का.जि. क्षेत्र नं.३ का महाधिवेशन प्रतिनिधि एबम् गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाकार)
३)सल्लाहकार :- नारायण बहादुर सुवेदी ज्यू (गोकर्णेश्वर नगरपालिका वडा नं.५ का वडा अध्यक्ष एबम् इकाई सभापति, नेपाली काङ्ग्रेस)
४)सल्लाहकार :- रेखा अर्याल ज्यू (विश्व हिन्दु महासंघ काठमाडौं जिल्ला अध्यक्ष एबम् धार्मिक तथा आध्यात्मिक सद्भावना दुत)
५)सल्लाहाकार :- लक्ष्मी पुडासैनी ज्यू (परिवर्तशील महिला समाजकी अध्यक्ष एबम् शिक्षासेवी बाैद्धिक व्यक्तित्व।)

फेसबुक प्रतिक्रियाहरु