शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • जोरपाटीमा अक्सिजन सहितको हेल्पिङ सेन्टर स्थापना हुँदै
गोकर्नेश्वोर बिशेष

जोरपाटीमा अक्सिजन सहितको हेल्पिङ सेन्टर स्थापना हुँदै

काठमाडौँ |
काठमाडौँको जोरपाटीमा कोरोना भाइरस नियन्त्रणको लागि र गरिब पिडित र बिपन्न बर्गलाई ध्यानमा राखेर स्वास्थ्य सामग्री, खाद्यान्न, अक्सिजन सहितको सहयोग केन्द्र Helping Center को स्थापना भएको छ |
समाज सेवा नै राष्ट्र सेवा हो भन्ने मुल नाराकासाथ कोरोनाको महामारिले निम्त्याएको यो विषम परिस्थितिलाई मध्यनजर गरि लक्डाउन अवधीभर आईपर्ने हरेक समस्यालाई सहजिकरण गर्ने हेतुले नेपाल दलित विद्यार्थी संघ केन्द्रीय कार्यसमितिको आयोजना र माइटी गरुडा च्यारिटेबल ट्रष्टको संयोजनमा “सहयोग केन्द्र”[Helping Center] स्थापना गरिएको संयोजन राजु सुनारले बताउनु भयो |
सो सहयोग केन्द्रमा पूर्व वाणिज्य मन्त्री, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एबम् नेपाल दलित संघका केन्द्रीय अध्यक्ष मा.मीन विश्वकर्मा  प्रमुख सल्लाहकार  रहेका छन्  तेस्तै  विशेष सल्लाहकार रुपमा नेपाली काङ्ग्रेस, काठमाडौँ  क्षेत्र नं.३ का महाधिवेशन प्रतिनिधि एबम् गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाकार दिपक रिसाल रहेका छन् |
साथै सल्लाहकार गोकर्णेश्वर नगरपालिका वडा नं.५ का वडा अध्यक्ष एबम् नेपाली काङ्ग्रेस इकाई सभापति नारायण बहादुर सुवेदी, विश्व हिन्दु महासंघ काठमाडौं जिल्ला अध्यक्ष एबम् धार्मिक तथा आध्यात्मिक सद्भावना दुत रेखा अर्याल र
परिवर्तशील महिला समाजकी अध्यक्ष लक्ष्मी लक्ष्मी पुडासैनी रहेका छन् |
उक्त Helping Center को लागि ११ संयोजन समिति समेत बनाएर  कार्य भइरहेको छ |
 संयोजन समिति:
  1. संयोजक :- राजु सुनार
  2. सह-संयोजक :- शेरब बहादुर तामाङ
  3. सह-संयोजक :- पाल्देन लामा
  4. सदस्य :- सन्ध्या सानु
  5. सदस्य :- मदन प्याकुरेल
  6. सदस्य :- सुबास बराईली
  7. सदस्य : – दिक्पाल श्रेष्ठ
  8. सदस्य :- रेशम बराईली
  9. सदस्य :- रञ्जन कुमार सापकोटा
  10. सदस्य :- बाबुराम सिन्चिउरी
  11. सदस्य :- निमा लामा

फेसबुक प्रतिक्रियाहरु