बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • विश्व हिन्द महासंघका उपाध्यक्ष साउदद्वारा सुदुर पश्चिमका सुकुम्बासीलाई खाद्यान्न प्रदान
Breaking News

विश्व हिन्द महासंघका उपाध्यक्ष साउदद्वारा सुदुर पश्चिमका सुकुम्बासीलाई खाद्यान्न प्रदान

कञ्चनपुर-

बिश्व हिन्दु महासंघ उपाध्यक्ष ज्योत्सना साउदको पहलमा कञ्चनपुरमा रहेका विभिन्न सुकुम्बासी शिविरमा खाद्यान्न सामग्री वितरण गरिएको छ। होम आईसोलेसनमा रहेकी उपाध्यक्ष साउदको पहलमा बिहीबार आरक्ष पीडीत शिविर, शुलाफाँटाको शिगास बाढी पीडित शिविर, बेदकोटको सुनौलो शिविर र बेदकोटकै बाढी पीडित शिविरमा खाद्यान्न सामग्री वितरण गरिएको हो।

४ वटै शिविरमा गरेर ४० क्विन्टल चामल, १०० किलो दाल, १०० किलो नुन, १०० लिटर तेल र १०० किलो पिठो वितरण गरेको छ। दृष्टी फाउन्डेशन कैलालीलाई ३ बोरा चामल, मास्क, सेनिटाईजर ,जिल्ला प्रहरी कार्यालय कैलाली,कञ्चनपुरको बेल्डाडीमा रहेको वृद्धा आश्रम र ट्राफिक कार्यालय कञ्चनपुरमा स्वास्थ्य सामग्री समेत वितरण गरिएको जनाईएको छ।

विश्व हिन्दु महासंघकी उपाध्यक्ष साउँद, हिन्दु बाहिनी नेपालका संयोजक सिरोमणी ओझा र विश्व हिन्दु महासंघ सुदूरपश्चिमका संयोजक सम्राट सिंहले संकलन भएको रकमबाट खाद्यान्न सामग्री वितरण गरेका हुन्।

 

 

फेसबुक प्रतिक्रियाहरु