बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • मेलौली ५ का अध्यक्ष दयाललाई फेसबुकमा गालीगलौज गर्ने चन्दलाई कारवाहीको माग
Breaking News

मेलौली ५ का अध्यक्ष दयाललाई फेसबुकमा गालीगलौज गर्ने चन्दलाई कारवाहीको माग

जुनेली न्युज, महेन्द्रनगर ।

नेपाल उत्पीडित जातीय मुक्ति समाज बैतडीले पञ्चेश्वर गाउँपालिका वडा नं  ४ का प्रकाश चन्दलाई कानुनी कारवाही गर्न माग गरेको छ ।

पञ्चेश्वरका चन्दले मेलौली नगरपालिका ५ का वडा अध्यक्ष एवम् मुक्ति समाजका केन्द्रीय सदस्य बलभद्र दयाललाई सामाजिक सञ्जालबाट जातीय विभेद गरी अपमानित गरेकाले कारवाहीको माग गरिएको छ ।

मुक्ति समाजले आइतबार विज्ञप्ति जारी गर्दै चन्दलाई जातीय विभेद तथा छुवाछुत कसुर सम्बन्धी कानुन अनुसार कारवाही गर्न माग गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु