शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • वाम फाउन्डेसनले सोलुखुम्बुको डोमा घतानेलाई गर्यो १ लाख ३० हजार सहयोग
आर्थिक

वाम फाउन्डेसनले सोलुखुम्बुको डोमा घतानेलाई गर्यो १ लाख ३० हजार सहयोग

जुनेली न्युज, काठमाडौँ |

डोमा घतानीलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ । घतानीलाई अमेरिकमा रहेको Warm Foundation Corporation नामक सामाजिक संस्थाबाटा सहयोग रकम १ लाख २९ हजार ९ सय ६९ रुपैया सहायो रकम हस्तान्तरण गरेको  छ । डाक्टरको लापरबाहीले बिरामीको पेटमै कपडा छुटेको थियो । सोलुखुम्बुको फाप्लु अस्पतालका डाक्टर र नर्सको गल्तीले यी महिलाले पिडा भोगिरहनु परेको छ ।

उनको गत जेष्ठ ७ गते डेलिभरीको अपरेसन गर्दा कपडा पेट भित्रै छोडेर उनको पेट सिलाएपछी उनले अहिले पिडा भोग्नु परेको छ ।
डाक्टर दिलीपकुमार शाहको लापरबाहीले गर्दा यसरी एउटा महिलाले पिडा भोग्नु परेको पिडित डोमा र उनको श्रीमानले बाताएका छन । उनको पेटमा रहेको कपडा ७ महिनापछी काठमाडौं आएर कपडा निकालिएको थियो । यस लापरबाहीको घटना  लिएर अस्पताल जादा उल्टै उनीहरुलाई गालीगलौज गरेर धम्की समेत दिएको छ । पिडित महिलाको भनाइ अनुसार अप्रेशन गरेको  ३ दिनपछी उनको होस् आएको हो । त्यसपछी अस्पतालले उनलाई त्यस्तो बिरामी हुदा हुदै पनि  डिस्चार्ज गरेको थियो ।
उनलाई झन् झन् गाह्रो भएपछी काठमाडौँ आएर भिडियो एक्सरे गरेपछि पेट भित्र कपडा रहेको देखिएको थियो । यस ७ महिनाको अवधिमा धेरै पिडा सहेको छ ।

डोमाको जीवनमा १ बाछा जन्माउदा ७ चोटी अप्रेसन गर्नु परेको छ र २५ लाख कर्छा भएको छ भने ७० केजीको उनको तौल ३५ केजी भएको छ | आर्थिक अबस्ठा कम्जोर भएकोले गर्दा देश विदेशबाट सहयोग आएको छ | तर सम्बन्धित निकायबाट कुनै सहयोग आएको छैन, दोषीलाई कारबाही समेत गरेको छैन | हाम सामाजिक अभियान्ताहरुले सहयोग गर्दै आएका छन् | अभियान्ताहरु नेपाल मेडिकल काउन्सिल र स्वास्थ्य मन्त्रालय दिन रात धाइ रहेका भए पनि न्याय पाएको छैन |

No description available.

No description available.

फेसबुक प्रतिक्रियाहरु