शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • गोकर्नेश्वोर महादेव मन्दिरमा राखियो सुनको गजुर
गोकर्नेश्वोर बिशेष

गोकर्नेश्वोर महादेव मन्दिरमा राखियो सुनको गजुर

९ बैशख, काठमाडौं ।

आज गोकर्नेश्वोर नगरपालिका वडा नं ४ अबस्थित गोकर्णेश्वरमा गदाधर नारायण तथा पार्वती माताको मन्दिरमा दिउँसो १ बजे मेयर सन्तोष चालिसेद्वारा सुनको जलपसहितको गजुर राखिएको छ ।

कार्यक्रममा नगर प्रमुख सल्लाहकार दिपक रिसल,  वडा ८ का अध्यक्ष मनोज कुमार ढुंगाना,  ,वडा १ का अध्यक्ष राम मानन्धर , वडा ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठ ,वडा ५ का अध्यक्ष नारायण बहादुर सुवेदी , वडा ६ का अध्यक्ष रमेश अर्याल , समाजसेवीहरु , लगायत मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरुको उपस्थिति रहेकोे थियो ।

मन्दिर २०७२ सालको भूकम्पले क्षति पुर्‍याएकाे थियो। ऐतिहासिक धार्मिक महत्व बोकेको मन्दिरलाई पशुपतिनाथ मन्दिरमा जस्तै बनाउन र लेपनबाट मन्दिरलाई आकर्षक बनाउन २०७५ साल मंसिर महिनाबाट स्वर्णलेपनको काम थालिएको थियो। प्रत्येक वर्षको कुशे औँशीका दिन मन्दिर र गोकर्ण जङ्गलमा ठूलो मेला लाग्ने गर्दछ।

फेसबुक प्रतिक्रियाहरु