बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • पी.डी.आर.सी संस्थाद्वारा डा. टोम ज्याकोवसन छात्रावृत्ति प्रदान 
गोकर्नेश्वोर बिशेष

पी.डी.आर.सी संस्थाद्वारा डा. टोम ज्याकोवसन छात्रावृत्ति प्रदान 

चैत १८,

काठमाडौं । व्यवसायिक विकास तथा अनुसन्धान केन्द्र PDRC ले गत चैत्र १४ गते डा. टोम ज्याकोव सेन उच्च शिक्षा सहयोग कार्यक्रम अन्तरगत नेपाल भरिका विभिन्न विपन्न गरिब तथा दलित विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ ।

उक्त संस्थाले विगत लामो समय देखि शिक्षाबाट वञ्चित अति विपन्न, दलित असाहाय र गरिब विद्यार्थीहरुलाई उच्च शिक्षा प्राप्तिको लागि सहयोग गर्दै आएको छ ।

सो कार्यक्रममा विधार्थीहरुसँग अन्तरक्रिया समेत गरिएको थियो । कार्यक्रममा काठमाडौं महानगरपालिका वडा १४ का अध्यक्ष सोभा सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो भने ज्ञानोदय उच्च मावि कलंकीमा छात्रवृत्ति वितरण तथा अन्तरत्रिया कार्यक्रम गरिएको थियो।

संस्थाको छात्रावृत्ति मार्फत धेरै संख्यामा डाक्टर, इन्जिनियर साथै अन्य क्षेत्रमा विद्यार्थीहरु अध्ययन गर्दै आईरहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु