शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विश्व हिन्दू महासंघ काठमाडौं जिल्ला शाखाको संयोजकमा रेखा अर्याल मनोनित
समाचार

विश्व हिन्दू महासंघ काठमाडौं जिल्ला शाखाको संयोजकमा रेखा अर्याल मनोनित

१७ चैत,

काठमाडौं । गोकर्णेश्वर नगरपालिका धार्मिक तथा आध्यात्मिक सदभावना दूत रेखा अर्याल विश्व हिन्दू महासंघको काठमाडौँ जिल्ला शाखा संयोजकमा मनोनित भएकी छन् ।

आज काठमाडौंको सानो भर्याङ महासंघको कार्यालयमा भएको १ कार्यक्रममा केन्द्रीय अध्यक्ष राम चन्द्र अधिकार सहित केन्द्रीय कार्यसमितिले अर्याललाई काठमाडौंको संगठन विस्तारको जिम्मा सहित संयोजकमा मनोनित गरेको हो ।


विश्व हिन्दू महासंघको ७१ वटा जिल्लामा शाखाहरू रहेको छन् जसमा पोखरा कास्की र काठमाडौँ गरी २ वटा जिल्लाले महिला संयोजक पाएको महासंघका अध्यक्ष राम चन्द्र अधिकारीले बताए ।

साथै संयोजक जस्तो पद पाएकोमा खुसी व्यक्त गर्दै अर्यालले महासंघमा आबद्ध हुँदै गर्दा अधिकार अनुरूप मेरो तर्फबाट संगठनलाई अगाडि बढाउन लागि पर्ने बताउनु भयो।

फेसबुक प्रतिक्रियाहरु