आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • आज हुने भनेको तरुण भेला स्थगित्
रामेछाप बिशेष

आज हुने भनेको तरुण भेला स्थगित्

चैत १४,

रामेछाप  । नेपाल तरुण दल रामेछापले (आज) शनिबारको लागि आयोजना कार्यक्रम स्थगित् भएको छ ।

मन्थली नगर तरुणको आयोजना र नेपाल तरुण दल रामेछापको संयोजनामा हुन लागेको भेला तथा नगर कार्य समिति गठन कार्यक्रम स्थगित गरेको हो । कार्यक्रम मन्थलीस्थित सामुदायिक भवनमा राखिएको थियो ।

कार्यक्रमा माउ पार्टीका पूर्व पार्टी सभापति रामचन्द्र खड्का र पार्टी सभापति लवश्री न्यौपानेको उपस्थिति रहने तयारी थियो । तर भेला स्थगित भएको तरुण रामेछापका जिल्ला सचिव जिवन कार्कीले जानकारी दिए ।

उनले के कारणले भेला स्थागित भएको नखुलाए पनि शुक्रबार कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री तथा नविन्द्रराज जोशीको उपचारको क्रम्मा निधन भएको कारण भेला स्थागित भएको बुझिएको छ ।

फेसबुक प्रतिक्रियाहरु