सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • आज नागरिक आन्दोलनले नेताहरूसँग सार्वजनिक बहस गर्दै
समाचार

आज नागरिक आन्दोलनले नेताहरूसँग सार्वजनिक बहस गर्दै

चैत १४,

काठमाडौं । बृहत् नागरिक आन्दोलनले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा र एमाले–नेपाल समूहका शीर्ष नेताहरूसँग सार्वजनिक अन्तर्क्रिया गर्ने भएको छ ।

आज (शनिबार) नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा हुने उक्त अन्तर्क्रियामा सहभागी हुन नागरिक आन्दोलनले अपिलसमेत गरेको छ । नेताहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, महन्थ ठाकुर, मीनेन्द्र रिजालसँग प्राध्यापक कृष्ण खनाल र दोभान राईले सवाल–जवाफ गर्नेछन् ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै बहृत् नागरिक आन्दोलनले देशको राजनीति अस्थिर बन्नु थप प्रतिगमनको संकेत ठहर गर्दै त्यसको कारण पत्ता लगाउने बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु