बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • पत्रकार महासंघको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)
विकास निर्माण

पत्रकार महासंघको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

चैत ८,

काठमाडौं । यही चैत २५ गते हुने नेपाल पत्रकार महासंघको प्रत्यक्ष निर्वाचनका लागि निर्वाचन तालिका सार्वजनिक भएको छ।

पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमा हुन लागेको महासंघको आइतबार कार्यतालिका सार्वजनिक भएको हो। पत्रकार कपिल काफ्लेको संयोजकत्वमा गठित निर्वाचन समितिले निर्वाचनको तालिका सार्वजनिक गरेको हो।

तालिका अनुसार चैत १२ गते बिहान साढे १० बजेदेखि दिउसो ४ बजेसम्म उम्मेदवार मनोनयन गर्ने रहेको छ।

महासंघको केन्द्रीय समितिको केहि दिन अघिको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एशोसिएट संरचनाको निर्वाचन तीन हप्तापछि एकै दिन गर्ने निर्णय गरेको थियो।

तालिका यस्तो छ ।

Image

Image

फेसबुक प्रतिक्रियाहरु