शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • सिन्धुलीमा एक बृद्धा महिलामा औलो पुष्टि
समाचार

सिन्धुलीमा एक बृद्धा महिलामा औलो पुष्टि

चैत्र ८

रामेछाप । सिन्धुली जिल्लाको गोलोन्जोर गाँउपालिका–३ ग्वाल्टारकी एक जना बृद्ध महिलामा औलो रोग देखा परेको छ । ज्वरो आई बिरामी भएर उपचारका लागि सदरमुकाम सिन्धुलीमाढीस्थित सिन्धुली अस्पताल पुगेकी ६५ बर्षिया ओमकुमारी श्रेष्ठमा औलो रोग देखा परेको अस्पतालले जनाएको छ ।

बिरामी महिलाको रगत परिक्षणका क्रममा आज औलो (मलेरिया) पुष्टि भएको अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठले जानकारी दिए । पछिल्लो समयमा सिन्धुली जिल्लामा लामो समयपछि औलो रोग देखा परेको कार्यालयले जनाएको छ ।

कमलाखुँज क्षेत्रको रानीबास, हत्पते, निपाने, टाँडी, हर्षाही, सिर्थौली, दुधौली र लदाभिर क्षेत्रमा केही बर्ष पहिले औलो रोग नियन्त्रणका लागि बर्सेनी बिषादी छिट्ने गरिए पनि पछिल्लो समय उक्त कार्य बन्द भएको स्थानीयले जनाएका छन् । तस्विर संकेतीक

 

फेसबुक प्रतिक्रियाहरु