शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • इङल्याण्डविरुद्धको टी-२० सिरिज भारतले जित्यो
समाचार

इङल्याण्डविरुद्धको टी-२० सिरिज भारतले जित्यो

चैत ८,

काठमाडौं । भारतले इङल्याण्डविरुद्धको टी-२० क्रिकेट सिरिज जितेको छ । गएराति राति सम्पन्न पाँचौ एवं अन्तिम टी-२० खेलमा भारतले ३६ रनको  जीत निकाल्दै सिरिज ३(२ ले कब्जा गरेको  हो ।

पाँचौ खेलमा भारतले दिएको २२५ रनको लक्ष्य पछाएको इङल्याण्डले २० ओभरमा ८ विकेट गुमाउदै १८८ रन बनाएको थियो ।​ इङल्याण्डका लागि डविड मलानले ६८ रन बनाए भने जोस बटलरले ५२ रन बनाएका थिए। त्यस्तै बेन स्टोक र साम करनले १४-४ रन बनाएका थिए ।

 

भारतीय बलर श्रदुल ठाकुरले ३ विकेट लिए भने भुवनेश्वर कुमारले २ विकेट लिएका थिए। यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा २ विकेट गुमाउदै २२४ रन बनाएको थियो।

भारतका लागि कप्तान विराट कोहलीले अविजित ८० रन बनाएका थिए।

त्यस्तै रोहित शर्माले ३४ बलमा ६४ रनको आक्रामक पारि खेलेका थिए। त्यस्तै हार्दिक पाण्डेयले १७ बलमा अविजित ३९ रन बनाएका थिए भने सूर्यकुमार यादवले १७ बलमा आक्रामक ३२ रन बनाएका थिए।

अब भारत र इङल्याण्डबीच तीन खेलको एकदिवसीय सिरिज हुदै छ। सिरिजको पहिलो खेल मार्च २३ मा हुदै छ।

 

फेसबुक प्रतिक्रियाहरु