शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • महिला उद्यमशीलताको लागि तन्नामा बुट्टा भर्ने तालिम सुरु (फोटो)
गोकर्नेश्वोर बिशेष

महिला उद्यमशीलताको लागि तन्नामा बुट्टा भर्ने तालिम सुरु (फोटो)

जुनेली न्युज, काठमाडौं।

महांकाल भैरव महिला समूहले पहिले चोटी तन्नामा बुट्टा भर्ने (प्याच वर्क) तालिम सुरु गरेको छ। गोकर्णेश्वर नगरपालिका वडा नं ८ डाँडागाउँमा अवस्थित उक्त महिला समूहले नगरपालिकाको आर्थिक सहयोगमा तामिल सुरु गरेको हो। घरमै बसेर गर्न सक्ने काम भएकोले विशेष गरी महिला दिदीहिनीहरुलाई ध्यानमा राखेर महिला उद्यमशीलताको लागि सो तालिम सुरु गरिएको कार्यक्रम संयोजक सुनिता कार्कीले बताउनु भयो।

कार्यक्रममा प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका वडा नं ८ का अध्यक्ष मनोज ढुंगाना, विशेष अतिथिहरु वडा नं ९ का वडा अध्यक्ष राजीव थापा, नगरपालिका प्रमुख सल्लाहकार दिपक रिसाल, विभिन्न महिला समूहका अध्यक्षहरु सहितको उपस्थितिमा २०७७ चैत २ गते देखि तालिम सुरु गरिएको हो। तालिम १५ सम्म चल्ने महिला समुहकी अध्यक्षले बताउनु भयो ।

फेसबुक प्रतिक्रियाहरु