शनिबार, बैशाख २९, २०८१
  • होमपेज
  • प्रेस संघठनका गौतम प्रेस युनियनमा प्रवेश
रामेछाप बिशेष

प्रेस संघठनका गौतम प्रेस युनियनमा प्रवेश

फागुन २२,

रामेछाप । प्रेस संगठन रामेछापका पत्रकार नेपाल प्रेस युनियन रामेछापमा प्रवेश गरेका छन् । शनिबार प्रेस युनियन रामेछापको ७ औं साधारनण सभा तथा वनभोज कार्यक्रमको अवसरमा पूर्व प्रेस संगठनमा आबद्ध रहेर लामो समयदेखि पत्रकारिता क्षेत्रमा आबद्ध पत्रकार टंक गौतम प्रेस युनियनमा प्रवेश गरेका हुन् । त्यस्तै नयाँ तीन जना जिल्लामा विभिन्न मिडियामा आबद्ध रहेका संचारकर्मीहरु प्रेस युनियनकाे सदस्य बनेका छन् । युनियनको नयाँ सदस्यमा रेडियो तामाकोशीमा कार्यरत संचारकर्मी सुलोचना थापा, काठमाडौंमा रहेका पत्रकारिता गर्दै आएकी सिर्जना रोका र नवराज श्रेष्ठ रहेका छन् ।

उनीहरुलाई नेपाल प्रेस युनियन जिल्ला शाखा रामेछापका अध्यक्ष अप्रिल अधिकारी सहितको कार्यसमितिले स्वागत् गरेको छ । त्यस्तै प्रवेश कार्यक्रममा नेपाल प्रेस युनियन बागमती प्रदेशका सदस्य बद्री नयाँघरे, नेपाल पत्रकार महासंघ रामेछापका पूर्व अध्यक्षद्वय हिमाल ढुङ्गेल, टिका भट्ट र वर्तमान अध्यक्ष रमेश ढुङ्गेलको पनि सहभागिता रहेको थियो ।

प्रेस युनियनले आफ्नो संघको ७ औं साधारण सभा शनिबार सम्पन्न गरेको छ । सो कार्यक्रममा संघले हिजोको दिनमा गरेका क्रियाकलापका बारेमा छलफल तथा मुल्यानङ्कन् गरिएको छ । त्यस्तै संघले भोलीका दिनमा कसरी अगाडी बढ्ने भन्ने बारेमा योजनामा पनि बृहत छलफल गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु