मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • रामेछाप उधोग वाणिज्य संघको २८ औं स्थापना दिवस : दीप प्रज्वालन र सम्मान कार्यक्रम (फोटोफिचर)
रामेछाप बिशेष

रामेछाप उधोग वाणिज्य संघको २८ औं स्थापना दिवस : दीप प्रज्वालन र सम्मान कार्यक्रम (फोटोफिचर)

फागुन २२,

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघले शुक्रबार आफ्नो २८ औं स्थापना दिवस मनाएको छ । २०४९ साल फागुन २१ गते अर्थात २८ वर्ष अघि शुक्रबारकै दिन प्रज्वल कुमार बज्राचार्यको अध्यक्षतामा ११ सदसिय कार्यसमितिबाट संघको सुरुवात गरिएको थियो । २८ वर्षको दोराणमा संघले आफूलाई एक जिल्लाको सक्षम संस्थाको रुपमा स्थापित् गर्न सफल भएको छ ।

शुक्रबार २८ औं स्थापना दिवसको अवसरमा संघले संस्थाक पदाधिकारीसहित स्थापना गर्न सहयोग, भूमिका खेल्ने सदस्यहरुलाई सम्मान पनि गरेको छ । संघले, ब्यवसायिकहरुको हितमा काम गर्न भूमिका खेलेको र संघलाई यो स्थान सम्म पुर्याउन महत्वपूर्ण योगदान दिएको स्मरण गर्दै संस्थापक पदाधिकारीहरु अध्यक्ष प्रज्वल कुमार बज्राचार्य, उपाध्यक्ष नारायणदाश श्रेष्ठ, सचिव रामकुमार श्रेष्ठ र कोषाध्यक्ष प्रेम नारायण श्रेष्ठलाई नेपली पहिचार ढाका टोपी लगाएर प्रंसशापत्र सहित सम्मान गरेको हो ।

त्यस्तै संघले संस्थापक सदस्यहरु क्रमशः विष्णु बहादुर मगर, कुमार श्रेष्ठ, मोहनकुमार श्रेष्ठ, काजीदाश श्रेष्ठ र हरि बहादुर लामालाई पनि सम्मना गरेको छ । त्यस्तै संघले स्वर्गीय सदस्यहरु गोपाल ढुंगेल र कृष्णदाश श्रेष्ठको परिवारलाई सम्मान पत्र प्रदान गरेको छ । कार्यक्रममा मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेत, रामेछापका निमित्त प्रमुख जिल्ला अधिकारी तुलाराम सुनुवार, रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशव प्रसाद घिमिरे, संस्थापक उपाध्यक्ष नाराणदाश श्रेष्ठलगाएतले शुभकामना दिएका थिए ।

त्यस्तै संघले शुक्रबार साँझ संघको कार्यलयमा दीप प्रज्वलन गरेको छ ।

फोटो : संघको फेसबुकबाट साभार 

May be an image of 6 people and people standing

May be an image of 5 people, people standing and text that says '२६/०१- १र रामेद्ाप उद्योग वाणिज्य संघ Ramechhap Chambers Commerce Industry शમ स्था मन्यली, रामेद्ाप I दिवस २०७७ CC MI NOTE 10 LITE AI QUAD CAMERA'

May be an image of 4 people and people standing

May be an image of 4 people and people standing

May be an image of 6 people and people standing

फेसबुक प्रतिक्रियाहरु