सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • रामेछापका ६४ वटै वडामा कोरोना बिरुद्धको खोप लगाइने
रामेछाप बिशेष

रामेछापका ६४ वटै वडामा कोरोना बिरुद्धको खोप लगाइने

फागुन २१,

रामेछाप । रामेछापमा आइतबारदेखि दोस्रो चरणको कोरोना भाइरस संक्रमण बिरुद्धको खोप अभियान ६४ वटै वडामा सुरु हुने भएको छ । आज जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कर्णले पत्रकार भेटघाट कार्यक्रममा यस्तो जानकारी दिएका हुन् । पहिलो चरणमा फ्रन्टलाईनमा खटिनेहरुलाई खोप दिसकिएको अवस्थालाई जानकारी दिदै उनले दोस्रो चरणमा सरकारको निर्णय अनुसारनै ५५ वर्षदेखि माथिका सबैलाई कोरोना बिरुद्धको खोप अभियान सुरु गर्न लागेको बताए ।

त्यसको लागि जिल्लाका आठ वटै स्थानीय तहमा खोप पठाइसकेको र बाँकि खोप पनि पठाउने काम भैरहेको जानकारी दिए । उनका अनुसार दोस्रो चरणमा जिल्लाका २६ हजारलाई खोप दिने तयारी स्वरुपम खोप माग गरिएकोमा १५ हजारलाई लगाउने खोप प्राप्त भएको बताए ।

उनले जिल्लाका सबै नागरिकहरुलाई ढुक्क भएर खोप लागन पनि आह्वन गरे । खोप लगाएर समस्या उत्पन्न भएको भन्ने भ्रममा नपर्न पनि उनले स्पष्ट पारेका छन् । जिल्लामा हाल एक जना पनि कोरोना पोजेटिभ छैनन् ।

खोप दिने प्राथमिकता समूह फेरि फेरियो

सरकारले आगामी २३ फागुनदेखि शुरु गर्न लागेको कोभिडविरुद्धको खोपको दोस्रो चरणको अभियानमा पहिलो प्राथमिकतामा ६५ वर्ष माथिकालाई राखेको छ । तोकिएको समयमा सम्झौता अनुसारको खोप नआएपछि यसअघि ५५ वर्ष माथिकालाई दिइने भनेर गरिएको निर्णयलाई संसोधन गरी ६५ वर्ष पु¥याइएको हो ।

यसअघि ६० वर्ष माथिकालाई खोप दिने तयारी गरे तापनि संशोधन गरेर ५५ वर्ष पुर्याइएको थियो । सरकारले दुई साताभित्र २० लाख डोज कोभिसिल्ड ल्याइपु¥याउने गरी सिरम इन्स्टिच्युट अफ इन्डियालाई अग्रिम भुक्तानी गरेको थियो ।

सिरमले सम्झौताअनुसार १० लाख डोज पठाए पनि दोस्रो डोज समयमै पठाउन नसकेको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले बताए ।

फेसबुक प्रतिक्रियाहरु