शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • मन्थलीमा तीन दिने अग्नि नियन्त्रण तालिम समापन्
रामेछाप बिशेष

मन्थलीमा तीन दिने अग्नि नियन्त्रण तालिम समापन्

फागुन २१,

रामेछाप । रामेछापको मन्थली नगरपालिकामा तीन दिने अग्नि नियन्त्रण सम्बन्धी तालिम शुक्रबार सम्पन्न भएको छ । गत बुधबारदेखि मन्थली नगरपालिकाको आयोजनामा आकाशे एर्यपोर्टमा सुरु भएको तालिममा नेपाली सेना, नेपाल प्रहरी, नगरपालिकाका नगर प्रहरी, रामेछाप सहयोगी मन् (रासम) नगरका अग्नि नियन्त्रक चालक लगाएतले तालिम लिएका छन् । उनीहरुलाई एक्कासी लाग्ने आगालागीबाट हुने भयबहाक क्षेती कम गर्नको लागि सम्पूर्ण ज्ञान सिकाइएको बताइएको छ । आफूहरुले तीन दिने तालिमबाट अतिनै महत्वपूर्ण ज्ञान हाँसिल गरेको रासमबाट तालिममा सहभागि नविन कार्कीले बताए । उनले यस्ता तालिमहरु रामेछापका सबै गाउँपालिकाहरुले त्यहाँका कल्ब,संस्थाका प्रतिनिधिहरुलाई दिनु पर्ने बताए ।

तालिममा वनजंगलमा हुने डढेलो नियन्त्रण, गाउँघरमा हुने आगोलागीहरुलाई नियन्त्रणमा लिनको लागि दक्ष बनाइएको छ । तालिममा सहभागिहरुलाई आज एक विशेष कार्यक्रमकाबीच प्रमाणपत्र प्रदान गरिएको छ ।

तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख रमेशकुमार बस्नेतले यो तालिमले आगोलागीका घट्ना न्युनिकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

त्यस्तै सहयक प्रमुख जिल्ला अधिकारी तुलाराम सुनुवारले यो तालिम जिल्लाका सबै स्थानीय तहमा  हुनु पर्नेमा जोड्दिए ।

समापन कार्यक्रममा नगरप्रमुख बस्नेत,सहयक प्रमुख जिल्ला अधिकारी सुनुवार, पत्रकार,  तथा संचारकर्मीहरु,नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, रासमका सदस्य, शिक्षक, लगाएका राजनीतिक दल, बुद्धिजीविहरुको उपस्थिति रहेको थियो ।

 

फेसबुक प्रतिक्रियाहरु