बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • मन्थलीका १४ वटै वडाका युवाहरुलाई तालिम दिने योजना छ-नगरप्रमुख बस्नेत
रामेछाप बिशेष

मन्थलीका १४ वटै वडाका युवाहरुलाई तालिम दिने योजना छ-नगरप्रमुख बस्नेत

फागुन २१,

रामेछाप । रामेछापको मन्थली नगरपालिकाका नगरप्रमुख रमेशकुमार बस्नेतले नगरपालिकाले १४ वटै वडाका युवाहरुलाई तालिम दिन लागेको बताएका छन् । तालिमहरुलाई संचालन गर्दा अब नयाँ तरिकाबाट गर्ने उनको भनाई छ ।

मन्थलीमा तीन दिने अग्नि नियन्त्रण तालिम समापन् कार्यक्रममलाई सम्बोधन गर्दै उनले भने–मन्थलीमा पानी कहिलै पर्दैन, जबहिउँदो लाग्दछ त्यसपछि हामी डराइ डराइ बस्नु पर्छ, अनि वर्ष लागेपछि माथिल्लो भेगमा परेको पानीले तल्लो क्षेत्रका मानिसलाई समस्या छ । विपद् ब्यवस्थापनमा भूगौलका हिसाबले समस्या भएको भन्दै बस्नेतले यसलाई ब्यवस्थापनमा जिल्लाका सबै संघसंथाहरुले खेलेको भूमिकाले सहजता भएको छ भने  । उनले आगोलागी नियन्त्रण गर्ने दम्कल संचालन गर्न समस्या भएको बताएका छन् ।

पानीको मात्र प्रयाप्त नहुदा समस्या भएको उनले बताए । यस्ता विपत्तीहरु नियन्त्रण गर्नको लागि नगरभित्रका १४ वटै वडाका युवाहरुलाई तालिमदी उनीहरुलाई प्रकृतिक बिपत्तीबाट बच्नको लागि भूमिका खेल्ने जनशक्ति तयार पार्ने कार्य भैरहेको बताएका हुन् ।

जिल्लामा हिउदो महिला सुरु भएदेखिनै विभिन्न स्थानीय तहहरुमा दैनिक जसो आगोलागीका घटनाहरु भैरहेका छन् । उनले यस्ता घटनाबाट सचेतहुनु पर्नेमा जोड्दिए ।

https://www.facebook.com/ghimimiremilan2018/videos/277518783734356

फेसबुक प्रतिक्रियाहरु