शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • रुकुम घटनाको छिटो न्याय माग्दै दलित अधिकारकर्मीहरुद्वारा माइतीघर मण्डलामा पुन बिरोध प्रदर्शन
समाचार

रुकुम घटनाको छिटो न्याय माग्दै दलित अधिकारकर्मीहरुद्वारा माइतीघर मण्डलामा पुन बिरोध प्रदर्शन

फाल्गुन २१,

काठमाडौ ।काठमाडौको माइतीघर मण्डलामा आज विभिन्न दलित अधिकारकर्मीहरुको ओहिरो नै आयो | पश्चिम रुकुम सोतीमा आज भन्दा करिव १० महिना अघि भएको विभत्स नरसंहारको हत्याराहरुलाई अहिले सम्म पनि वर्तमान सरकारले दण्ड  दिन नसकेको र पिडितले न्याय नपाएको हुदा संयुक्त दलित संघर्ष समिति, दलित संघ नेपाल नेपाल दलित विद्यार्थी संघ, विभिन्न राजनीतिक दलका भात्री संस्था लगायतका विभिन्न दलित उत्थानका निमित्त खटिरहने दलित अधिकारकर्मीहरुले सर्वोच्च सम्म पुग्ने गरि आफ्नो आवाज प्रस्तुत गरेका छन्|

सो कार्यक्रममा बोल्दै  खगेन्द्र सुनारले यदि दलितहरुले न्याय नपाएको खण्डमा जुनसुकै कदम पनि चाल्न सक्ने कुरा व्यक्त गर्नुभयो| यस्तो हुदाहुदै अझै अदालतले यो मुद्दाको छिनोफानो नगरिकन पेसी सार्दै, धरौटीमा आरोपीहरुलाई छुट दिदै पिडित पक्षलाइ झन्झन् जर्जर अवस्थामा पुराउदै आएकोमा उपस्थित जनामासको आक्रोशलाई तिब्र बनाइदिएको छ|

 

फेसबुक प्रतिक्रियाहरु