सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • मन्थलीका १४ वटै वडाका किसानलाई अनुदानमा मकैको बिऊ र बिषादी
रामेछाप बिशेष

मन्थलीका १४ वटै वडाका किसानलाई अनुदानमा मकैको बिऊ र बिषादी

फागुन २२,

रामेछाप । रामेछापको मन्थली नगरपालिकाले किसानलाई अनुदानमा मकै बिऊ वितरण गरेको छ । शनिबार नगरपालिकका १४ वटै वडाका किससानहरुलाई मनकामना -३ र रामपुर कम्पोजिटले उत्पादन गरेको मकैको बिऊ ५० प्रतिशत अनुदानमा बिउ वितरण गरेको नगरपालिकाका सूचना अधिकारी हेमन्त बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार मकैको बिऊसंगै मकैमा लाग्ने गुभो काट्ने किरा नियन्त्रणको लागि आवश्यक बिषादी पनि नि:शुल्क वितरण गरिएको छ । मकै रोपने सिजन नजिकिएसंगै किसानहरुको मागलाई ध्यानमा राखेर बिऊ वितरण गरिएको उनले बताएका छन् ।

हाल नगरपालिकाका १४ वटा वडाहरुमा रहेका २ जना कृषि प्रविधिकहरुको सल्लाह र वडाको माटोमा उत्पादन हुने आवश्यकको मात्रलाई ध्यानमा राखि बिऊ वितरण गरिएको हो ।file Photo

फेसबुक प्रतिक्रियाहरु