सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • मन्थलीमा तीन दिने अग्नि नियन्त्रणसम्बन्धि तालिम सुरु (फोटोफिचर)
रामेछाप बिशेष

मन्थलीमा तीन दिने अग्नि नियन्त्रणसम्बन्धि तालिम सुरु (फोटोफिचर)

फागुन १९,

रामेछाप । रामेछापको मन्थली नगरपालिकामा अग्नि नियन्त्रणसम्बन्धि तालिम सुरु भएको छ । जिल्लाका विभिन्न ठाउँमा आगोलागीका घटना भैरहेको कुरालाई मध्यनजर गरि अग्नि नियन्त्रण सम्बन्धी तीन दिने तालिमा मन्थलीस्थित् आकाशे एर्यपोट्मा आज (बुधबार) देखि सुरु भएको हो । तालिमको उद्घाटन गर्दै मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले स्थानीय सरकार मिलेर जनताको ज्यूधनको रक्षा गर्नु पर्नेभएकाले यो तालिमको आयोजना गरेको बताए ।

उनले प्रकृतिक बिपत्तिबाट हुने घटनाहरुलाई सकेसम्म न्युनिकरण गर्नको लागि आफूहरुले भूमिका खेल्ने बताए । तालिमा २१ गते शुक्रबार अर्थात तीन दिन चल्ने छ । तालिममा नेपाली सेना, प्रहरी, रेडक्रस सोसाईटी जिल्ला शाखा, रामेछाप सहयोगी मन (रासम) र नगर प्रहरीको सहभागी रहेको छ ।

अन्तिमा दिन आगोलागी जस्ता घटनाहरुलाई न्युनिकरण गर्नको लागि डेमो अर्थात पूर्व तयारी कार्यक्रम गर्ने योजना रहेको जानकारी दिइएको छ ।

No description available.

No description available.

No description available.

फेसबुक प्रतिक्रियाहरु