मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • अन्तराष्ट्रिय महिला श्रमिक दिवस : मन्थलीमा बिरामीलाई फलफूल, लोक गीत र हाजिर जवाफ प्रतियोगिता गरिने (भिडियोसहित)
रामेछाप बिशेष

अन्तराष्ट्रिय महिला श्रमिक दिवस : मन्थलीमा बिरामीलाई फलफूल, लोक गीत र हाजिर जवाफ प्रतियोगिता गरिने (भिडियोसहित)

फागुन १९,

रामेछाप । १११ ओैं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस रामेछापको मन्थली नगरपालिकाले विभिन्न कार्यक्रम गरि मनाउन तयारी गरिएको छ । बुधबार सरोकारवालाबीच छलफल गरि कार्यक्रम गर्नको लागि निर्णय गरिएको छ ।

बुधबार भएको छलफलमा नगरपालिकाले यो वर्षको लोक गीत प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता,जिल्लास्थित अस्पतालमा उपचार गराइरहेका बिरामीहरूलाई फलफूल वितरण गरेर दिवस मनाउने निर्णय गरिएको हो ।

छलफलमा विभिन्न सरकारी तथा गैरसरकारी कार्यलयमा कार्यारत महिला अगुवाहरुसहित मन्थली नगरप्रमुख रमेश कुमार बस्नेत, सहायक प्रमुख जिल्ला अधिकारी तुलजार सुनुवार, मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेल, संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु