फागुन १९,
काठमाडौं । सरकार र प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीबीच ४ घण्टाअघि बालुवाटारमा शुरू भएको वार्ता जारी छ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र सरकारबीच हिजो अनौपचारिक र आज औपचारिक वार्ता भएको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा विहान ७ बजेदेखि दुवै पक्षका वार्ता टोलीबीच कुराकानी भइरहेको छ । वार्तामा सहभागी हुन प्रतिबन्धित पार्टीका तर्फबाट वार्ता टोली मंगलवार साँझै काठमाडौं आएको थियो।
फेसबुक प्रतिक्रियाहरु