आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • अरुणोदय माध्यमिक विद्यालयमा नेपाल दलित विद्यार्थी संघको ईकाई कमिटी गठन
समाचार

अरुणोदय माध्यमिक विद्यालयमा नेपाल दलित विद्यार्थी संघको ईकाई कमिटी गठन

फागुन १८,

काठमाडौँ | काठमाडौ जिल्ला गोकर्णेश्वर नगरपालिका  वडा नं ९ आरुबारी स्थित अरुणोदय माध्यमिक विद्यालयमा नेपाल दलित विद्यार्थी संघ ईकाई कमिटी गठन कार्यक्रम सम्पन्न भएको छ | नेपाल दलित बिधार्थी संघका केन्द्रीय अध्यक्ष राजु सुनार ज्यूको प्रमुख आतिथ्यतामा इकाई कार्यसमिति गठन भएको हो |

कार्यक्रममा बोल्दै्: नेपाल दलित विद्यार्थी संघका केन्द्रिय अध्यक्ष राजु  सुनारले इकाई गठन पश्चात विद्यार्थीहरूको बौद्धिक क्षमता वृद्धि गर्नका साथै विद्यार्थीमा पर्ने समस्याहरु न्युनिकरणका लागि साथै आफ्नो हक र अधिकारका दिलाउनको लागि  सदैव तत्पर रहने प्रतिबद्धता गर्नु भएको थियो |

नवगठित इकाईका कार्यसमिति लगायत संगठनमा आबद्ध सम्पूर्ण लाइ सफल कार्यकालका लागि शुभकामना समेत व्यक्त गर्नुभएको थियो |

इकाई  कार्यसमितिका पदाधिकारीहरु  क्रमशः अध्यक्ष  दिपक बि.क, उपसभापति जुना बि.क, सचिव सलिना बि.क, कोषाध्यक्ष युना घिमिरे गरि २५ सदस्यीय निर्माण भएको थियो |

सो कार्यक्रममा  ने वि संघका  नेता डुजाङ्ग शेर्पा , ने. वि.  संघका नेता सुशान्त तामाङ , युवा परिचालन समितिका अध्यक्ष पाल्देन लामा , ने. वि. संघका नेता सागर रोक्का , नेपाल दलित विद्यार्थी संघका उपमहासचिव टेक बहादुर विश्वकर्मा , नेपाल दलित विद्यार्थी संघ को केन्द्रीय सदस्य सन्ध्या सानू , नेपाल दलित विद्यार्थी संघका केन्द्रीय सदस्य सुवास बराईली, शिक्षासेवी तथा समाजसेवी दुर्गा देबी खनाल, नेपाल दलित विद्यार्थी संघ चामुण्डा मा. वि ईकाई कमिटी का अध्यक्ष सन्तोष बराईली, उपाध्यक्ष दीवान बराईली, सचिव अनिल बराइली, यूवा नेता मदन प्याकुरेल, जय योग प्रशिक्षण केन्द्रका प्रशिक्षक मिङमार तामङ , डोल्मा शेर्पा लगायत अरुणोदय माध्यमिक विद्यालयका शिक्षक शिक्षिका एवं विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

 

 

 

 

फेसबुक प्रतिक्रियाहरु