बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • मन्थलीको सुनारपानी र भलुवाजोरमा आगोलागी : एक घर जलेर नष्ट, नियन्त्रण भन्दा बाहिर (भिडियो)
दुर्घटना/अपराध

मन्थलीको सुनारपानी र भलुवाजोरमा आगोलागी : एक घर जलेर नष्ट, नियन्त्रण भन्दा बाहिर (भिडियो)

फागुन १८,

रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं ५ सुनारपानीमा पनि आगोलागी भएको छ । मंगलबार दिउँसो आगोलागी भएको हो । आगो अहिले पनि लागि रहेको छ । आगो सुनारपानीको डाडापारी सामुदायिक बनमा लागेको हो । आगो लागिमा परि एक घर जलेर नष्ट भएको छ । आगो स्थानीय ज्ञानबहादुर भुजेलको घरमा लागेको स्थानीय नविन कार्कीले जुनेली न्युजलाई जानकारी दिए । उनका अनुसार आगो नियन्त्रण तर्फ गई रहेको छ । भुजेलको घरमा लागेको आगो भने निभाइसकिएको छ । अहिले आगो नियन्त्रणको लागि नेपाल प्रहरी, स्थानीय, सशस्त्र प्रहरी, नगरपालिको दमकल खटिरहेको उनले बता । आगोलागेको ठाउँमा नगरप्रमुख रमेश कुमार बस्नेत पनि पुगेका छन् ।

आजै (मंगलबार) नगरपालिकाको वडा नं ६ वडा लुवाजोरमा पनि आगोलागेको छ । भलुवाजोरमा लागेको आगो पनि लागि रहेको छ । त्यहाँ लागेको आगो नियन्त्रणमा लिन सकिने अवस्थामा नरहेको वडा अध्यक्ष प्रेम बहादुर तामाङले जुनेली न्युजलाई जानकारी दिए । उनले भने-हामीले आगोलागको कुरा नगरपालिकामा पुर्यौ तर अब त्यो आगोलागेको ठाउँमा कुनै दमकलमा पानी लगेर निभाउन सक्ने अबस्था देखिदैन भने ।

फेसबुक प्रतिक्रियाहरु