बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बस र मोटरसाइकल एकापसमा ठोक्किदा दुईको मृत्यु
दुर्घटना/अपराध

बस र मोटरसाइकल एकापसमा ठोक्किदा दुईको मृत्यु

१७ फागुन, हरिश्चन्द्र बाग,                            कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटामा बस र मोटरसाइकल एकापसमा ठोक्किदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।                शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ वनहरा जंगलमा कैलालीको धनगढीदेखि कञ्चनपुरको महेन्द्रनगरतर्फ सवार ना ४ ख १७६४ नम्बरको बस र विपरित दिशातर्फ सवार म ३ प १४८० नम्बरको मोटरसाइकल सोमबार एकापसमा ठोक्किदा मोटरसाइकलमा सवार महेन्द्रनगर बस्ने २४ वर्षीय दिनेश दमाई र कृष्णपुर बस्ने २७ वर्षीय प्रकाश दमाईको मृत्यु भएको प्रहरीले जनाएको छ । बसका चालक वेदकोट बस्ने माधव सिंह गडाल र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फेसबुक प्रतिक्रियाहरु