बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • लागुऔषध सहित ३ जना भारतीय नागरिक पक्राउ
दुर्घटना/अपराध

लागुऔषध सहित ३ जना भारतीय नागरिक पक्राउ

१७ फागुन, हरिश्चन्द्र बाग,
कञ्चनपुर । कञ्चनपुरको बेलौरीबाट लागुऔषध सहित ३ जना भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरी टोलीले विषेश सूचनाको आधारमा चेकजाँच गर्दा भारतीय नम्बर प्लेटको युपी ३१ बिएफ २४२७ नम्बरको मोटरसाइकलमा सवार भारतको लखिमपुर खिरी जिल्ला सम्पुर्णानगर बस्ने २६ वर्षीय धर्मेन्द कुमार, २५ वर्षीय शुभम भसिन र ३० वर्षीय नितिन कुमारलाई पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट ९.९०० ग्राम लागुऔषध खैरो हिरोईन बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल कुमार खड्काका अनुसार, उनीहरुको साथबाट नगद ४२ हजार ४ सय ६१ रुपैयाँ सहित कानुन बमोजिम बरामद गरी थप अनुसन्धान भइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु