बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • गाली गलौज गरी ढुङ्गाले हानेर गम्भीर घाइते बनाउने फुलासीका बाबुछोरा पक्राउ
दुर्घटना/अपराध

गाली गलौज गरी ढुङ्गाले हानेर गम्भीर घाइते बनाउने फुलासीका बाबुछोरा पक्राउ

फागुन १८,

रामेछाप । सामान्य विषयमा गाली गलौज गरी ढुङ्गा प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मन्थली नगरपालिका १३ फुलासीका ४९ वर्षीय “रामकुमार” भनिने खड्क बहादुर खत्री र उनका छोरा २५ वर्षीय केदार खत्री रहेका छन् ।

उनीहरुले  सोही स्थान बस्ने ५० वर्षीय टंक बहादुर खत्रीलाई गाली गलौज गरी ढुङ्गाले हानेर घाइते बनाएको उजुरीका आदारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जुनेली न्युजलाई जानकारी दिए ।

उनीहरुलाई गत सोमबार पक्राउ गरिएको हो । बाबुछोराले टंक खत्रीलाई ढुङ्गाले हानेर गम्भिर घाइते बनाएका छन् । उनको अहिले सदरमुकाम मन्थली स्थित तामाकोशी अस्पतालमा उपचार भैरहेको छ । पक्राउ परेका बाबुछोरालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । संकेतिक तस्विर

फेसबुक प्रतिक्रियाहरु