आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • दक्षिणढोका युवा क्लबद्वारा आयोजित तेस्रो लाक्पा स्मृति कप फुटसल प्रतियोगिता सम्पन्न
समाचार

दक्षिणढोका युवा क्लबद्वारा आयोजित तेस्रो लाक्पा स्मृति कप फुटसल प्रतियोगिता सम्पन्न

जुनेली न्युज, काठमाडौँ |

दक्षिणढोका युवा क्लबको आयोजनामा गोकर्नेश्वोर नगरपालिका वडा नं ७ मनकामना फुटसल टुर्नामेन्टमा तेस्रो लाक्पा स्मृति कप फुटसल प्रतियोगिता सम्पन्न भएको छ |

सो कार्यक्रम १ दिने रहेको र प्रतियोगितामा २८ ओटा टिमहरुको उपस्थिति  थिए  | कार्यक्रमको उद्घाटन प्रमुख अतिथि गोकर्नेश्वोर नगरपालिकाकी उप-मेयर शान्ति नेपालले गर्नु भएको थियो |  बिशेष अतिथि रुपमा  गोकर्नेश्वोर नगरपालीका वडा नं ७ का वडा अध्यक्ष केशव गुरुङ रहनु भएको थियो |  खेल खुल्ला नकआउट बाट खेलाइएको थियो | प्रथम हुने टिमलाइ नगद रु.५० हजार, दोस्रो हुनेलाई २५ हजार, उत्कृष्ट खेलाडी र उत्क्रष्ट गोल किपरलाई नगद ५\५ हजार रहेको थियो |

No description available.

खेल ३/१ अन्तरले हरिसिद्धि फुटसलले जित हात पर्न सक्यो भने दोश्रो दक्षिणढोका युवा क्लब भएको थियो | कार्यक्रमको समापन गोकर्नेश्वोर नगरपालिका खेलकुद समितिका अध्यक्ष संजय लामाले गर्नु भएको थियो | साथै सम्पूर्ण कार्यक्रमको संयोजक दक्षिणढोका युवा क्लबका अध्यक्ष जिम्बा लामाले गरेका थिए |

खेल संगै रक्तदान कार्यक्रम समेत भएको थियो |

 

No description available.

No description available.

 

फेसबुक प्रतिक्रियाहरु