मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • बिटार पार्क गेट अगाडीको कुखुरा फाममा आगोलागी : ५० लाख भन्दा माथिको क्षेती
दुर्घटना/अपराध

बिटार पार्क गेट अगाडीको कुखुरा फाममा आगोलागी : ५० लाख भन्दा माथिको क्षेती

फागुन १६,

रामेछाप । रामेछापको रामेछाप नगरपालिका वडा नं ८ बिटार पार्क गेट आगाडी तीन जना युवाहरुको संयुक्त लगानीमा संचालित रहेको कुखुराको फार्म (ह्याचरी) मा भिषण आगोलागी भएको छ । गएराति करिब १० बजेको समयमा आगोलागी भएको संचालक टिमका एक सदस्य विश्वास श्रेष्ठले जुनेली न्युजलाई जानकारी दिए ।

उनका अनुसार आगोलागीबाट ५० लाखभन्दा माथिको क्षेती भएको छ । आगो करिब २५ मिनेटभित्र नियन्त्रणमा लिएको थियो । उनले भने-आगो सवा १० बजेतिर लागेको हो, नियन्त्रणमा लि सकेयौ, तातोको लागि फमहरु भुस्,जुटका बोराहरु प्रयोग गरेका थियौ भने । आगाेके  कारणल लागेकाे भन्ने खुलकाे छैन । यध्यपी सबै पुष्टि भएको छैन । आगोलागीबाट भौतिक संरचना सहित कुखुराका दान, पानीहाल्ने भाँडाकुडाहरु सबै जलेर नष्ट भएको छ ।

३५ सय भन्दा बढी कुखुरा सबै जेलेर नष्ट भएको छ । फाम रुद्रकुमार श्रेष्ठ, भरत कुमार श्रेष्ठ र विश्वास श्रेष्ठले संचालन गर्दै आएका छन् । नेसनल् बिल्डिङ् फाममा लामो समयदेखि कुखुराका चल्ला,अण्डा र मासु उत्पादन गर्दै आएको छ ।संकेतिक तस्विर

फेसबुक प्रतिक्रियाहरु