शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • आज नेपाली बजारमा सुनको भाउ ८८ हजारमा झर्यो : अझै घट्ने सम्भावना
आर्थिक

आज नेपाली बजारमा सुनको भाउ ८८ हजारमा झर्यो : अझै घट्ने सम्भावना

फागुन १६,

काठमाडौं । हप्ताको पहिलो दिन आज सुनचाँदीको भाउ तोलामा ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको भाउ तोलामा ८८ हजार तीन सय रुपैयाँमा झरेको छ । गत तोलामा ५ सय रुपैयाँले घटेको थियो ।

महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यकाअनुसार अमेरिकामा सुनमा लगानी गर्ने कम्पनीहरुले धमाधम सुन बिक्री गर्न थालेकाले सुनको भाउ घट्न थालेको हो । केही लगानीकर्ता सुनमा भन्दा चाँदीमा आकर्षित भएकाले पनि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेको शाक्यले बताए ।

उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १७ सय ३५ डलर छ । भाउ घटेर प्रतिऔंस १७ सय डलरमा झर्ने सम्भावना छ । यस्तै, आज चाँदीको भाउ पनि आज घटेको छ । तोलामा १० रुपैयाँले घटेर १३ सय २५ रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । साङ्केतिक तस्विर

फेसबुक प्रतिक्रियाहरु