शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • गोकुलगंगामा माटोको ढिस्कोले थिच्दा सुनुवार गम्भिर घाइते
दुर्घटना/अपराध

गोकुलगंगामा माटोको ढिस्कोले थिच्दा सुनुवार गम्भिर घाइते

फागुन १५,
रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका ३ भिमसेन स्थानमा माटोको ढिस्कोले लागेर एक जना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा स्थानीय २७ वर्षीय जनक सुनुवार घाइते भएका हुन् ।

शनिबार बिहान ११ ५० बजेको समयमा केशाव कार्कीको घरको सेफ्टि ट्याङ्कीको गारो लगाउने क्रममा माथिबाट माटोको ढिस्को खस्दा सुनुवारको दाहिने खुट्टामा लागि नलिखुट्टा भांचेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

घाइतेला प्रहरी र स्थानियको सहयोगमा उद्वार गरी उपचारको लागि सदरमुका स्थित तामाकोशी अस्पताल मन्थली ल्याईएको प्रहरीले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रियाहरु