बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • ओली समूह दोरम्बा गाउँपालिकाको अध्यक्षमा प्रेम लामा चयन
रामेछाप बिशेष

ओली समूह दोरम्बा गाउँपालिकाको अध्यक्षमा प्रेम लामा चयन

फागुन १६,

रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूह दोरम्बा गाउँपालिका संगठन कमिटीको अध्यक्षमा प्रेम लामा चयन भएका छन् । शनिबार भएको गाउँपालिकाको बृहत कार्यकर्ता भेटघाट कार्यक्रमले लामालाई अध्यक्षमा चयन गरेको हो । त्यस्तै संगठनको सचिवमा देउबहादुर थापामगर चयन भएको ओली समूह निकट विद्यार्थी संगठन रामेछापका नेता पुष्कर भट्टराईले जानकारी दिए ।

उनीहरुलाई सो समूहका केन्द्रीय सदस्य कैलाश ढुङ्गेल, जिल्ला पार्टी अध्यक्ष आनन्द श्रेष्ठलगाएतको उपस्थितिले जिम्मेवारी दिएको हो ।

May be an image of 2 people, people sitting and people standing

फेसबुक प्रतिक्रियाहरु