शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रहरी र जनताबीच जोरपाटी चोकमा सुरक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रम
दुर्घटना/अपराध

प्रहरी र जनताबीच जोरपाटी चोकमा सुरक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रम

१५ फागुन, काठमाडौँ |

काठमाडौ जिल्ला गोकर्णेश्वर नगरपालिका वडा न ५ जोरपाटी प्रहरी विट को भवनमामा महानगरीय प्रहरी वृत बौद्ध र प्रहरी विट जोरपाटीको आयोजनामा शान्ति सुरक्षा लगायत अपराध अनुसन्धान तथा नियन्त्रण सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा महानगरीय प्रहरी वृत बौद्धका कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक नविन कार्की, गोकर्णेश्वर नगरपालिका वडा नं ५ का अध्यक्ष नारायण बहादुर सुवेदी, वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल, वडा नम्बर ८ का अध्यक्ष मनोज ढुंगाना, ट्राफिक प्रहरी वृतका प्रहरी निरीक्षक नवीन अधिकारी, स्थानीय जनप्रतिनिधिहरु, बुद्धिजीवी भद्रभलादमी, शिक्षक-विद्यार्थी, स्थानीयवासीहरु लगायत १०० जना भन्दा बढी व्यक्तिहरूको सहभागिता रहेको थियो |

अन्तरक्रिया कार्यक्रममा विभिन्न सहभागीहरूको गुनासो प्रश्न राखिएको थियो त्यसमा फुटपाथ, पसल, पार्किङ, साइभर क्राइम जस्ता समस्याहरु न्यूनीकरण कसरी गर्न सकिन्छ साथै बजार व्यवस्थापन लगायतका प्रश्नहरु राखिएको थियो | प्रश्नको उत्तर एकमुष्टमा स्थानीय जनप्रतिनिधि र प्रहरी नायब उपरिक्षले दिएका थिए |

जोरपाटी वरिपरि पार्किङ व्यवस्थापन गराउने र गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र रहेको अपराधी अपराधिक गतिविधिलाई न्यूनीकरण का लागि समन्वय गरेर नीति र नियमहरु कार्यान्वयनमा ल्याउने बताउनुभयो । आगामी दिनमा स्थानीय वासी , स्थानीय जनप्रतिनिधि र व्यवसायीहरुसँग समन्वय गरि अपराधिक गतिविधिहरु न्यूनीकरण गर्ने समेत बताउनुभयो।

जोरपाटी प्रहरी बिटका इन्चार्ज राजकुमार माझीले कार्यक्रमको समन्यन गर्नु भएको थियो भने कार्यक्रम संचालन सामाजसेवी राजु सुनारले गर्नु भएको थियो |

 

फेसबुक प्रतिक्रियाहरु