मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • अबको बैकल्पिक राजनीतिक शक्ति भनेको कांग्रेस मात्रै हो -प्रदिप पौडेल
रामेछाप बिशेष

अबको बैकल्पिक राजनीतिक शक्ति भनेको कांग्रेस मात्रै हो -प्रदिप पौडेल

फागुन १५,

रामेछाप । नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले अबको बैकल्पीक राजनीतिक शक्ति भनेको कांग्रेस मात्रै रहेको बताएका छन् । कांग्रेसले मात्रै अब देशलाई निकास दिन सक्ने उनको भनाई थियो । शनिबार रामेछापको सदरमुकाम मन्थलीमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन् गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने अबको बैकल्पिक राजनीतिक शक्ति कांग्रेस मात्रै हो, यही राजनीतिक बैकल्पिक शक्तिले मात्रै नेपाली समाजलाई एकता गर्न सक्छ, अतिबादीहरुलाई समन्वय गर्न सक्छ भने । लोकतन्त्र प्रति कांग्रेस मात्रै प्रतिबद्ध रहेको उनको दाबी छ ।

पार्टी प्रवेश गराउदै कांग्रेसमा आउने सबैलाई आफूहरुले स्वागत गर्न सक्नु पर्ने, कांग्रेसमा उचित जिम्मेवारी दिन सक्नु पर्ने, कांग्रेसमा रहेको जनताको भ्रम हटाउनु पर्ने र जनतालाई कांग्रेसमा आउने वातावरण बनाउन सक्नु परनेमा जोड्दिए । उनले जिल्ला कार्यसमितिलाई कांग्रेस प्रति जनताको मोह बढाउने पक्षमा लाग्न आग्रह पनि गरे ।

फेसबुक प्रतिक्रियाहरु