मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • युवा स्वरोजगारको लागि संचालित सिमेन्टको इँटा बनाउने तालिमको समापन
गोकर्नेश्वोर बिशेष

युवा स्वरोजगारको लागि संचालित सिमेन्टको इँटा बनाउने तालिमको समापन

फागुन १४, काठमाडौँ |

गोकोर्नेश्वोर नगरपालिका वडा नं ५ मा अबस्थित जय नेपाल सामाजिक युवा संस्थाले सिमेन्टको  इँटा बनाउने तालिमको समापन गरेको छ | युवा स्वरोजगारको लागि १५ दिने सिमेन्टको इँटा बनाउने तालिम संचालन गरिएको थियो |

कार्यक्रममा प्रमुख अतिथि नारायण बहादुर सुबेदीले बोल्दै यस जय नेपाल सामाजीक  युवा संस्थाले युवाहरुको क्षेत्रमा बिगत लामो समय देखि काम गर्दै आएको बताउनु भयो |  “युवाहरु काम नपाएर दिनहु सयौको संख्यामा बिदेशिनु परेको छ, यस्ता प्रकारको तालिमले देशमै केहि गर्न सकुन भन्ने हाम्रो उदेश्य रहेको छ ”  कार्यक्रमका सभापति राजु सुनारले बताउनु भयो | तेस्तै युवा परिचालन समितिका अध्यक्ष पाल्देन लामाले बोल्ने क्रममा, बाघको बच्चा र स्यालको बच्चा उस्तै देखिन्छन तर बाघको बच्चा बाघ नै हो भनि बताएका थिए |

No description available.

No description available.

No description available.

No description available.

 

फेसबुक प्रतिक्रियाहरु