सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • मन्थलीमा दलित समुदायका पत्रकारहरुको तीन दिने क्षमता अभिवृद्धी तालिम सम्पन्न (भिडियोसहित)
रामेछाप बिशेष

मन्थलीमा दलित समुदायका पत्रकारहरुको तीन दिने क्षमता अभिवृद्धी तालिम सम्पन्न (भिडियोसहित)

फागुन १४,

रामेछाप । राष्ट्रिय दलित पत्रकार संघ जिल्ला कार्यसमिति रामेछापले संचालन गरेको तीन दिने पत्रकारिता तालिम समापन् भएको छ । दलित समूदायबाट पत्रकारिता क्षेत्रमा सक्रिय पत्रकार र नयाँ आगन्तुक गरि २० जना पत्रकारहरुलाई राष्ट्रिय दलित पत्रकार संघ केन्द्रीय सल्लाहकार जे.वी विश्वकर्माले आधारभूत् तथा खोज पत्रकारीता सम्बन्धि तालिम दिएका थिए । तालिममा जिल्लाको उमाकुण्ड, खाँडादेवी, गाउँपालिका, मन्थली र रामेछाप नगरपालिकाका पत्रकारिता पेशामा आबद्ध तथा पत्रकारिता पेशा गर्ने योजना बोकेकाहरुको सहभागिता रहेको थियो ।

नेपाल पत्रकार महासंघ रामेछापको मिडिया हलमा भएको कार्यक्रममा मन्थली नगरपालिकका प्रमुख रमेश कुमार बस्नेतको प्रमुख आतिथेता तथा संघका जिल्ला अध्यक्ष लेख बहादुर बि.कको अध्यक्षतामा तालिम संचालन् भएको थियो ।

पहिलो दिन तालिमको उत्घाटन् गर्दै नगरप्रमुख बस्नेतले कुनै पनि तालिम लिनू ठूलो कुरा नभै त्यसलाई ब्यबहारमा लागु गर्न सक्नु पर्नेमा जोड् दिए । उनले भने-तालिम संचालन् गर्ने र तालिम मात्रै लिनेहरु अब धेरै नगन्य मात्रामा पुगिसके त्यसैले तालिम लिएर प्रमाण पत्र लिने अनि बस्नेत भन्दा तालिमबाट सिकेका कुरा ब्यबहारमा लागु गर्नु पर्ने आजको आवश्यक्ता देखिएको छ, नगरपालिकाले संचालन गरेका विभिन्न तालिम मात्रै लिने अनि प्रमाण पत्र लि सकेपछि बेपत्ताहुनेको संख्या अब गनेरै साध्य छैन । उनले पत्रकारिता तालिम संचालन् गरेर संघले काम गरिरहेका प्रकारहरुलाई थप पेशाप्रति बफादार बन्न आग्रह गरे ।

त्यस्तै नेपाल पत्रकार महासंघ बागमती प्रदेशका, प्रदेश सदस्य बद्री नयाँ घरेले तीन दिने तालिमबाट सक्षम र काम गर्न सक्ने जनशक्ति उत्पादन् हुनु पर्ने अपेक्षा ब्यक्त गरे ।

त्यस्तै नेपाल टेलिभिजनका जिल्ला संवाददाता तथा नेपाल पत्रकार महासंघ रामेछापका पूर्व अध्यक्ष हिमाल ढुङ्गेलले पत्रकारिता पेशा अवसर, चुनौती दुवै भएको पेशा भएको स्मरण गराउदै क्षमातावन् यसको मर्यादाभित्र रहेर काम गर्न सके प्रतिष्ठा र सम्मानको पेशा भएको उल्लेख गरे ।

Image

त्यस्तै एभिन्युज् टेलिभिजनका जिल्ला संवाददाता तथा नेपाल पत्रकार महासंघ रामेछापका पूर्व अध्यक्ष नवराज पथिकले पत्रकारहरुलाई पछिल्लो समय मगन्तेको रुपमा हेरिने गरेको भन्दै त्यो मानसिक्ता परिवर्तन गर्न सक्ने गरि पेशामा लाग्नु पर्ने बेला आएको बताए ।

त्यस्तै नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुङ्गलले पछिल्लो समयमा दलित समूदायको पनि पत्रकारिता क्षेत्रमा जिल्लामा सहभागिता बढेको भन्दै महासंघले समुदायको क्षेत्रमा हुने विभिन्न सहभागिता बढाउदै लैजाने प्रतिबद्धता जनाए ।

त्यस्तै राष्ट्रिय दलित् पत्रकार संघ नेपाल बागमती प्रदेशका प्रदेश सदस्य गम्भिर वि.कले जिल्लाले तालिम संचालन गरेकोमा प्रशंसाब्यक्त गर्दै तालिमबाट सिकेको ज्ञानलाई तालिममा सहभागिहरुले पत्रकारिता पेशामा लागि संघठन प्रति थप इटा थप्ने काम गर्न आग्रह गरे ।

त्यस्तै आदिबासी जनजाति पत्रकार महासंघ रामेछापका अध्यक्ष नवराज श्रेष्ठले जिल्ला रहेका मिडियाहरुमा कार्यरत् पत्रकारहरुको अवस्था र पत्रकारका चुनौतिका विषयमा जानकारी गराउदै सांगठानिक, समुदायगत् पत्रकारहरुको संख्या वृद्धिले पत्रकारितामा थप बल पुग्ने विश्वास् ब्यक्त गरे ।

आ-आफ्नो धारणा राख्नेहरुले पछिल्लो समयमा आएका आधुनिक र प्रविधिलाई पत्रकारहरुले प्रयोग गर्न सक्नु पर्ने बताएका थिए ।

तालिमा जिल्लाको मन्थली, रामेछाप नगरपालिका, खाँडादेवी र उमाकुण्ड गाउँपालिकाको आर्थिक सहयोगमा सचालन गरिएको थियो । तालिममा सहभागिहरुलाई प्रमाण पत्र प्रदान गरिएको छ ।

भिडियो हेर्नुहोस्

फेसबुक प्रतिक्रियाहरु