शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • लिखु तामाकोसीमा दुई नाबालिकमाथि याैन दुरब्यबाहार गर्ने सिन्धुपाल्चोकका खत्री पक्राउ
दुर्घटना/अपराध

लिखु तामाकोसीमा दुई नाबालिकमाथि याैन दुरब्यबाहार गर्ने सिन्धुपाल्चोकका खत्री पक्राउ

फागुन १४,
रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिकामा नाबालिकहरुलाई जबर्जस्ती करणी गर्ने एक जना पक्राउ गरेका छन् । उनी गत बुधबार पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला ईन्द्रवाती गाउँपालिका वडा नं ३ खुदेमटाेलका १९ वर्षीय सुरज खत्री रहेका छन् ।

उनले विद्यालय तर्फ जाँदै गरेका लिखु तामाकोसी गाउँपालिका २ पानी ट्याङ्की स्थित दुई नाबालिकहरुलाई एकान्तमा लगि याैन दुरब्यबार गर्ने प्रयास गरेका थिए ।

याैन दुर्ब्यबाहार गरेर लुकिछिपि हिड्दै गरेकाे अवस्थामा ईलाका प्रहरी कार्यालय धाेबीबाट खटिएकाे प्रहरी टाेलीले खत्रीलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
पक्राउ परेका खत्रिमाथि अनुसन्धान जारी छ । file photo

फेसबुक प्रतिक्रियाहरु