सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • भगरती भट्टलाई न्याय दे भन्दै नेविसंघको काठमाडौंमा प्रर्दशन
दुर्घटना/अपराध

भगरती भट्टलाई न्याय दे भन्दै नेविसंघको काठमाडौंमा प्रर्दशन

माघ ३०,

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) काेटेश्वर बहुमुखी क्याम्पमसले बलात्कारपछि हत्या गरिएकि किशोरी भगरती भट्टलाई न्या “दे” भन्दै राजधानीमा प्रर्दशन गरेकाे छ । उनीहरुले बलत्कारीलाई सरकारले संरक्षण गर्ने काम मात्रै गरेकाे भन्दै नाराबाजी गरेका थिए । नेविसंघ काेटेश्वर क्याम्पसका सभापति दिनेश कार्कीकाे नेतृत्वमा भएकाे प्रर्दशनमा एक सयभन्दा बढीको सहभागितामा प्रर्दशन गरेकाे सभापति कार्कीले जुनेली न्युजलाई जानकारी दिए ।
विराेधसभालाई सम्बाेधन गर्दै नेविसंघका निवर्तमान केन्द्रीय सदस्य नवाराज त्रिर्पाठीले सरकार सत्ता र कुर्सीकाे लागि मात्रै लालहित् भएकाे बताए ।

उनले वर्तमानमा केपी ओली नेतृृत्वको सरकार अपराधी, बलत्कारीहरुलाई संरक्षणमा लागि परेकाे जिकिर गरे । बलात्कारपछि हत्या गरिएकी भट्टकाे अपराधीलाई अझै पक्राउ गर्न नसकेकाे भन्दै उनले अपराधीलाई तत्काल पक्राउ गरि कारबाही गर्न माग गरे ।

दैनिक बालबालिका, महिला, किशोरहरु बलात्कृत भएकाे थाहा पाउँदा/सुन्दासुन्दै पनि सरकार सुनेनसुनेकाे गरेर बसेकाे आराेप लगाए । काम चलाउ बनी सकेकाे सरकारले कुर्सीकै संरक्षणमा मात्रै तल्लिनदेखिएकाे भन्दै त्रिपाठीले जनताका छाेरीचेली सुरक्षित् कहिले हुन्छन् सरकार भन्दै प्रश्न गरे ?
त्यस्तै सभापति कार्कीले सरकार आन्तरिक किचलोमा मात्रै रुमलिएर बसेकाे तर देशमा भएका कहालिलाग्दो बलात्कारका घटनाहरूको नजरअन्दाज गरेकाे बताए । उनले सरकारले निर्मला पन्त, भगरती भट्टसहितका बलात्कारीहरुकाे संरक्षणमा लागि परेकाे ठाेकूवा गरे

No description available.

No description available.

फेसबुक प्रतिक्रियाहरु