शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विश्वमा कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या ८ करोड नाघ्यो : २३ लाख ७९ हजारभन्दा धेरैको मृत्यु
समाचार

विश्वमा कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या ८ करोड नाघ्यो : २३ लाख ७९ हजारभन्दा धेरैको मृत्यु

माघ ३०
ऐजेन्सी । विश्वमा कोरोना भाइरसको सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ८ करोड नाघेको छ । १४ महिनाअघि सुरु भएको कोरोना भाइरसका सङ्क्रमितको उपचारका लागि औषधि तयार भइनसके पनि उपचार विनै तथा लक्षणअनुसारको उपचारबाट ८ करोडभन्दा धेरै सङ्क्रमित निको भएका हुन् ।

यो कुल सङ्क्रमितको ७४ प्रतिशतभन्दा धेरै हो । विश्वका सबैजसो ठाउँमा फैलिसकेको कोरोना भाइरसबाट अहिलेसम्म १० करोड ८३ लाख ३५ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

त्यस्तै सङ्क्रमितमध्ये २३ लाख ७९ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् । यो कुल सङ्क्रमितमध्ये दुई प्रतिशतभन्दा केही बढी हो । ज्यान गुमाउनेमध्ये धेरैजसो पाको उमेर, दीर्घ रोगी तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरु रहेका विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ ।

अहिले विश्वमा २ करोड ५४ लाखभन्दा धेरै सक्रिय सङ्क्रमित छन् भने तीमध्ये भण्डै १ लाख जना गम्भीर बिरामी रहेका वर्ल्डोमिटरले जनाएको छ ।

विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरसविरुद्ध खोप तयार भएर अहिले विश्वका धेरै देशमा खोप अभियान चलिरहेको छ । लामो लकडाउन तथा प्रतिबन्धहरू झेल्न बाध्य बनाएको कोरोना महामारीको प्रभाव अहिले सामान्य बन्दै गएको छ ।

फेसबुक प्रतिक्रियाहरु