शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मन्थली नगरपालिकाले भैसीमा सुत्केरी, पशुबिमा र दुध बिक्री गर्ने कृषकलाई चौमासिकमा ११ लाख ६२ हजार ५६४ रुपैयाँ दियो
रामेछाप बिशेष

मन्थली नगरपालिकाले भैसीमा सुत्केरी, पशुबिमा र दुध बिक्री गर्ने कृषकलाई चौमासिकमा ११ लाख ६२ हजार ५६४ रुपैयाँ दियो

माघ ३०,

रामेछाप । रामेछापको मन्थली नगरपालिकाले भैसीमा सुत्केरी स्याहार प्रोत्साहन भत्ता गाई, भैसीमा पशु बिम र दुघ उत्पादनमा प्रति लिटर २ रुपैयाँ अनुदान कार्यक्रम अन्तरगतको रकम शुक्रबार प्रथम चौमासिक भुक्तानी गरेको छ । रकम नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले कृषकहरुलाई हस्तान्तरण गरेका हुन् ।

शुक्रबार एक कार्यक्रमकाबी कृषकहरुलाई रकम भुक्तानी गरिएको पशु शाखाका प्रमुख मुकुन्द कुमार खड्काले जुनेली न्युजलाई जानकारी दिए । उनका अनुसार आज ८३ जना कृषकहरुका ८९ वटा भैँसीमा सुत्केरी स्यार प्रोत्सान भत्ता वितरण गरिएको हो । जसलाई २ लाख २२ हजार ५ रुपैयाँ विरतण गरिएको हो । नगरपालिकाले नगरबासीहरुलाई पशुपालमा प्रोत्साहन गर्न चालु आर्थिक वर्षमा वार्षिक स्वीकृत कार्यक्रम अनुसार नै कृषकहरुलाई प्राथामिकतामा राखेको छ ।

May be an image of 1 person and standing
रकम लिदै कृषक

त्यस्तै पशु बिमा कार्यक्रम अन्तर्गत संघीय सरकारले पशुबिमा बापतको ७५ प्रतिशत अनुदान दिएको छ । भने २५ प्रतिशत पनि नगरपालिकाले कृषकहरुलाई  प्रोत्साहान स्वारुप फिर्ता गरेको छ । हाल सम्ममा नगरपालिकाका ४०३ गाई, भेसीलाई कार्यक्रममा समावेश गर्न सफल भएको शाखाका प्रमुख खड्काले जुनेली न्युजसंग बताए । उनले पशुबिमा अन्तरगत २ करोड ७६ लाख ९८ हजार ५ सयको २५ प्रतिशत हुन आउने ३ लाख ४६ हजार ३ सय ३१ रुपैयाँ कृषकहरुलाई दिएको जानकारी गराए । सो रकम १८७ जनाले बुझिलिएका छन् ।

शाखा प्रमुख खड्काले नगरपालिकाले १४ वटै वडाहरुलाई प्रस्ताव गरेको भएपनि सेवालिने भने बजार क्षेत्र वडा नं १ र ६ का मात्रै बढीदेखिएको बताए । उनले आफूहरुले सबै वडामा खबर गरेको भएपनि सम्बन्धित वडाहरुले सूचनालाई समयमै कृषकहरुको पहुँचमा नपुर्याइदिइएकाले बजार क्षेत्रकै कृषकहरुले मात्रै अनुदान लिएको देखिएको गुनासो गरे ।

त्यस्तै नगरपालिकाले दुध उत्पादन गरेर बिक्री गर्ने कृषकहरु २१७ जनालाई तथ्याङ्कको आधरमा २ लाख ९६ हजार ९ सय १६ लिटरको ५ लाख ९३ हजार ८ सय ३३ रुपैयाँ प्रदान गरेको जुनेली न्युजलाई खड्काले बताए । सो रकम प्रतिलिटर २ रुपैयाँला दरले उपलब्ध गराइएको हो । नगरपालिकाले कृष र पशु पालनलाई प्रथामिकता दिदै आएको बताउदै आएको छ । यसरी नगरले प्रथम चौमासिकमा कूल ११ लाख ६२ हजार ५ सय ६४ रुपैयाँ कृषहरुलाई दिएको उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु